बृहत बिकाश बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारसभा सम्पन्न

बृहत बिकाश बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारसभा सम्पन्न

कपन अनलाइन

काठमाडौँ,पुस २९। बुढानिलकण्ठ नगरपालिका – १२ स्थित कपनमा रहेको बृहत बिकाश बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा सम्पन्न भएको छ।

किशोर गुरुङको अध्यक्षता तथा प्रध्यापक संघको केन्द्रिय सदस्य , ब्रुक्ल्याण्ड क्याम्पस प्रमुख खिलनाथ सापकोटाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

पुस २५ गते रेडमोन क्याफेमा सम्पन्न भएको सो कार्येक्रममा श्याम डोटेल,सिन्धु समाज संस्थाका पुर्व अध्यक्ष देव गुरुङ, हालका अध्यक्ष धन बहादुर गुरुङ, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो

कार्यक्रम संचालन कृष्णप्रसाद चौलागाईले गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।