गोकर्णेश्वर नगरपालिकाले पाठेघर र स्तन क्यान्सर परिक्षण सम्बन्धी निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

गोकर्णेश्वर नगरपालिकाले पाठेघर र  स्तन क्यान्सर परिक्षण सम्बन्धी निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

कपन अनलाइन

काठमाडौं,पुस २९।  गोकर्णेश्वर नगरपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ।  उक्त सूचना मार्फत नगरपालिकाले निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने जनाएको छ।उक्त शिविर आम्दा नेपालको आयोजनामा र गोकर्णेश्वर नगरपालिकाको सहयोगमा  संचालन हुने भएको हो।

उक्त  शिविरमा पाठेघरको क्यान्सर र स्तन(ब्रेस्ट) क्यान्सर सम्बन्धी विशेषज्ञ चिकित्सकहरुबाट निशुल्क परिक्षण गरिने छ।उक्त शिविर मिति २०७६ माघ ४ गते शनिबार बिहान १०: ०० बजे देखि आम्दा नेपालको कार्यलय छहारी क्लबमा हुने भएको हो।उक्त शिविरमा इच्छुक महानुभावहरुलाई मौकाको फाइदा उठाउनु हुन् आयोजकले  अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।