राजधानीमा एनसेलका दुई टावरमा आगजनी

राजधानीमा एनसेलका दुई टावरमा आगजनी

कपन अनलाइन

काठमाडौँ,पुस २९ ।  सोमबार राति काठमाडौंको दक्षिणकाली नगरपालिका -८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेका एनसेल टावरमा आगजनी भएको छ ।

आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । यद्यपि यसमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको अनुमान छ ।
राज्यलाई कर नतिरेको भन्दै विप्लव समूहले एनसेललाई निशाना बनाउँदै आएको छ ।

आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।