नेपाल निर्माण व्यवसायी महासंघद्वारा मानव कल्याण समाजलाई सहयोग

नेपाल निर्माण व्यवसायी महासंघद्वारा मानव कल्याण समाजलाई सहयोग

कपन अनलाइन

काठमाडौँ,पुस २९ । नेपाल निर्माण व्यवसायी महासंघले भक्तपुरको मानव कल्याण समाजमा आश्रितहरुलाई ब्ल्याङकेट (फाइबर सिरक) तथा जुत्ता उपलब्ध गराएको छ ।

महासंघले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत समाजमा आश्रितहरुलाई ती सामाग्रीहरु उपलब्ध गराएको हो । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले आश्रममै पुगेर त्यहाँ आश्रितहरुलाई सहयोग उपलब्ध गराएको महासंघले जनाएको छ ।

टोलीमा महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, महासचिव रोशन दाहाल, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, सहकोषाध्यक्ष सरस्वती कार्की, निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाई, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर लगायत रहेका थिए ।

तपाइँको प्रतिक्रिया ।