नेपालय र सांग्रिला पब्लिक स्कुल प्रथम इष्ट पोल अन्तर बिध्यालय छात्र-छात्रा सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

नेपालय र सांग्रिला पब्लिक स्कुल प्रथम इष्ट पोल अन्तर बिध्यालय छात्र-छात्रा सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

कपन अनलाइन

काठमाडौं, पौष २९।गोकर्णेश्वर नगरपालिका वडा नं ५ नारायणटार जोरपाटीमा संचालित इष्ट पोल माबीले आयोजना गरेको प्रथम इष्ट पोल अन्तर बिध्यालय सेभेन ए साइड छात्र-छात्रा फुटबल प्रतियोगिताको तेस्रो दिन सोमबार छात्रा र छात्र तर्फको  क्वाटरफाइनका खेलहरु सम्पन्न भएको छ  । इष्ट पोल मावि २५औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य  राखेर प्रतियोगिता संचालन  गरिएको हो । इष्ट पोल माविको खेल मैदानमा सुरु भएको सो प्रतियोगिताको उद्घाटन शनिबार भएको हो ।

सोमबार भएको पहिलो छात्रा तर्फको  क्वाटरफाइनल खेल आयोजक इष्ट पोल माबी र सांग्रिला पब्लिक स्कुल बीच भएको थियो ।निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा सांग्रिला पब्लिक स्कुलले आयोजक इष्टपोल माबी लाइ २-० गोल अन्तरले पराजित गरेको छ। त्यसै गरि दोस्रो खेल नेपालय पब्लिक इंगलिस स्कुल(नेप्स) र  तारा सदन स्कुल बीच भएको थियो। सो खेलमा नेपालय पब्लिक इंगलिस स्कुल(नेप्स)ले तारा सदन स्कुललाइ  १-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । त्यसै गरि सोहि दिन भएको तेस्रो छात्रा तर्फको खेल विट्स एकेडेमी र जीवनतारा बीच भएको थियो ।उक्त खेलमा जीवन ताराले विट्स एकेडमीलाइ १-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।

सोमबारनै सम्पन्न छात्र तर्फाको क्वाटरफाइनल खेलमा  जीवन तारा एकेडेमी र नेपालय बीच भएको थियो ।उक्त खेलमा जीवनतारा एकेडेमीलाइ  नेपालयले १-० गोल अन्तरले पराजित  गर्दै अर्को चरणमा प्रवेश गरेको छ । त्यसै सोहि दिन भएको अर्को खेल ब्राइट जोन इंगलिस स्कुल र मनकामना हाइ स्कुल बीच भएको थियो सो खेलमा ब्राइट जोन इंगलिस स्कुल ले मनकामना हाइ स्कुललाई ४-० गोलको भारी अन्तरले पराजित गरेको थियो ।

त्यसै गरि अर्को खेल लर्ड्स लाइट र  त्रिकोण पब्लिक स्कुल बीच भएको थियो ।सो खेलमा त्रिकोण पब्लिक स्कुलले लर्ड्स लाइट एकेडेमीलाइ २-१ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। सोहि दिनको अन्तिम खेल आयोजक इष्टपोल माबी र सांग्रिला स्कुल बीच भएको थियो। सो खेलमा सांग्रिला स्कुलले आयोजक इष्टपोल माविलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

  यो संगै छात्र तर्फ नेपालय इंगलिस पब्लिक स्कुल(नेप्स),त्रिकोण पब्लिक स्कुल, ब्राइट जोन, र सांग्रिला पब्लिक स्कुल सेमिफाइनल मा प्रवेश गरेका छन् भने छात्रा तर्फ नेपालय इंगलिस पब्लिक स्कुल(नेप्स), सांग्रिला पब्लिक स्कुल,जीवनतारा एकेडमी सेमिफाइनल मा प्रवेश गरेका छन।  छात्रा तर्फ छहारि शिक्षा सदन यस अघि नै सेमिफ़ाइनलनमा प्रवेश गरीसकेको छ । सेमिफ़ाइनलमा छात्र तर्फ त्रिकोण र नेपालय इंगलिस पब्लिक स्कुल(नेप्स),   त्यसै गरि ब्राइट ज़ोन र सांग्रिला भिड़नेछन ।

यसै गरी छात्रा तर्फ सांग्रिला र नेपालय इंगलिस पब्लिक स्कुल(नेप्स),  छहारी  शिक्षा सदन  र जीवन तारा फ़ाइनल यात्राको लागी प्रतिस्पर्धा गर्नेछन । प्रतियोगितामा कुल १५ विद्यालयका छात्रातर्फ १२ र छात्रतर्फ १५ टिमको सहभागिता रहेको छ ।  प्रतियोगितामा म्यान अफ द म्याच घोसित हुने खेलाडीहरुलाईनेकपा नेता पुण्य प्रसाद चौलागाई, इष्ट पोल माविका भाइस प्रिन्सिपल प्रकाश अधिकारी ,प्रतियोगिता संयोजक सुदर्शन घिमिरे लगायतले मेडल प्रदान  गरेका थिए  ।

माघ २ गते सम्म जारी रहेने प्रतियोगितामा प्रतियोगीतामा प्रथम  र दितीय हुनेलाई ट्रफी मेडल र प्रमाण पत्रको साथै उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता उत्कृष्ट गोल रक्षक,र फेयर प्ले टिमलाइ पनि अवार्डको व्यवस्था गरिएको  कार्यक्रम संयोजक सुदर्शन घिमिरेले कपन अनलाइनलाइ बताए।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।