स्व.प्रेमराज राईको स्मृति सभामा भावुक बने रामहरी खतिवडा

स्व.प्रेमराज राईको स्मृति सभामा भावुक बने रामहरी खतिवडा

कपन अनलाइन

ओखलढुंगा ,पौष २८।

ओखलढुंगा जिल्ला कार्यसमितिले आयोजना गरेको प्राजातन्त्रबादी स्वार्गिया नेता प्रेमराज राइको स्मृतिमा आयोजित  श्रद्धाञ्जली सभामा कांग्रेस नेता रामहरी खतिवडा भावुक बनेका छन ।

उक्त सभालाई सम्बोधन गर्दै काङ्ग्रेस युवा नेता रामहरी खतिवडा निकै भावुक हुँदै प्रेमराज राई रास्ट्रबादी,प्रजातान्त्रबादी र जनतासेवी नेता रहेको र उनमा कहिले आफ्नो बुवा मन्त्री मैले यो बेला अकुत सम्पत्ति जम्मा गर्नु पर्छ लोभ नभएको सादा र निष्ठावान ब्यक्तित्वा भएको बताएका थिए।

खतिवडाले अहिलेको आवश्यकता सबै पार्टिहरु मिलेर एकताको बाटोमा हिड्नु पर्ने तर हामिले कम्युनिस्ट पार्टीभित्रनै एउटा सभामुख छान्न नसकेर हरेक बिहान चिया र टोस्ट, दिउसो कफी र बेलुका खान खाएर दिन बिताइरहेको भन्दै कटाक्ष गरेका थिए ।

उनले यो अवस्थालाई छिटो समाधान गर्दै कुनै एउटा पार्टीको कारणले देशलाई अनिर्णयाको बन्दी गराउनु नहुने धारणा राखेका थिए ।

खतिवडाले आफ्नो पार्टीमा पनि देउबा पक्ष र पौडेल पक्ष भन्ने छ यस्को पनि अन्त्य हुनुपर्ने तथा मुलुकलाई समृद्धिको बाटोमा लानलाई तेरो मेरो होइन हाम्रो र राम्रो मान्छेलाई छान्न अनुरोध गरेका थिए ।

कार्यक्रममा सि.एम.सि. लिने कि नलिने दुई तिहाईको सरकार आफैले फैसला  भन्दै उनले आफु चाहि नेपालको सार्वभौम एकता , हक, अधिकारमाथी दखल नपुग्ने गरि जुनै सुकै देशले नेपालले सहयोग गर्न खोज्यो भने देशको कानुन भित्र रहेर लिनुपर्छ भन्ने मान्यतामा रहेको बताएका थिए।

तपाइँको प्रतिक्रिया ।