छैठौं तारेभिर महोत्सबको अवसरमा अल्टिमेट भेन्यु रिसोर्टले बिशेष छुट सहितको प्याकेज उपलब्ध गराउने

छैठौं तारेभिर महोत्सबको अवसरमा अल्टिमेट भेन्यु  रिसोर्टले बिशेष छुट सहितको प्याकेज उपलब्ध गराउने

कपन अनलाइन

काठमाडौं पौष २९ । छैठौं तारेभिर महोत्सबको अवसरमा तारेभिर  नारायण डाडामा संचालित  “आउटडोर एडभेन्चर” र “रक क्लाइमिङ” “सहितको सुबिधा भएको “अल्टिमेट भेन्यु” नामक एडभेन्चर रिसोर्टले बिशेष छुट सहितको प्याकेजको घोषणा गरेको छ।माघ १ र २ गते गरि दुइ दिन सम्म चल्ने तारेभिर महोत्सबको सफलताको शुभकामना सहित रिसोर्टले प्रति ब्यक्ति रु ५ सयमा नै बफे ,लन्च सहित निशुल्क प्राकृतिक रुपमै रहेको चट्टानमा अनुभबी र तालिम प्राप्त प्रसिक्षकको प्रत्यक्ष निगरानीमा बिभिन्न एडभेन्चर खेलहरु खेलाउने भएको छ ।

२७० डिग्रीमा काठमाण्डौ उपत्यकाको दृश्य देखिने रिसोर्टबाट सुर्यदय र सूर्यास्तको मनोरम दृश्य पनि हेर्न सकिन्छ । रिसोर्टमा हाल combat obstacle course , high rope obstacle course, basic & advance rock climbing, boot camp लगायतका एडभेन्चर गतिबिधि  संचालन हुदै आएको छ ।तारेभिर महोत्सबलाइ ध्यानमा राखेर  उक्त रिसोर्टले बुधबार ९ बजे देखि   बिशेष प्याकेजको व्यवस्था गरेको बताएको छ । रिसोर्टले अग्रिम बुकिंग गर्न पनि अनुरोध गरेको छ ।अग्रिम बूकिंगको लागि  ९८०११७५०२३, ९८४९१३७३६२ मा सम्पर्क गर्न सकिन्छ।

बुढानिलकण्ठको देउवाचोक बाट ३.५ किमी मोटर बाटो , कपन बालुवाखानी बाट गाम्चा हुदै ५ किमी को मोटर बाटो, गोकर्णेश्वर मन्दिर बाट बालुवा-सुन्ताखान हुदै ६ किमीको मोटर बाटो साथै गणेश चोक हात्तिगौडा बाट ३.५ किमी मोटर बाटोले रिसोर्टलाइ जोडेको छ । हाइकिंग गरेर जानेहरुको लागि पनि उक्त रिसोर्ट पुग्न बिभिन्न हाइकिंग ट्राइल रहेका छन् । बुढानिलकण्ठको मुहान पोखरी बाट, कपनको थानेडाडा हुँदै जगडोलको भन्ज्यांङ बाट र गोकर्णेश्वर मन्दिर बाट बढीमा १ घण्टाको हिडाईमा रिसोर्ट पुग्न सकिन्छ “एडभेन्चरमा रुची राख्ने आजको युवा पुस्तालाई लक्ष्य राखेर  रिसोर्ट संचालन गरेको संचालक बताउछन ।

समुन्द्री सतहबाट २००७ मिटर उचाइमा रहेको काठमाण्डौको तारेभिर , उपत्यकाको उच्च स्थान मध्येको एक हो । बाह्य एवम आन्तरिक पर्यटनको प्रचुर सम्भावना बोकेको यो क्षेत्र गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिकाको सिमा क्षेत्र हो । पर्यटकीय गतिबिधि बढाउन र तारेभिर क्षेत्रलाइ चिनाउन बिगत ५ बर्ष देखि हरेक बर्षको माघ १ गते  उक्त  ठाउमा “तारेभिर महोत्सब” मनाइदै आएको छ ।शिवपुरी हिल्स संगै रहेको र तामांङ जातीको बढी बसोबास भएको तारेभिर धार्मिक महत्व बोकेको क्षेत्र पनि हो ।

तत्कालीन प्रतिनिधि सभा सदस्य तथा वर्तमान प्रदेश सभा सदस्य रामेश्वर फुयालको पहलमा शुरु भएको महोत्सव छैटौं श्रृङखला सम्म आइपुगेको हो। तारेभीर क्षेत्रको आर्थिक ,सांस्कृतिक र भौतिक विकास गरि सो क्षेत्रलाई प्रवर्धन गर्ने हेतुले सुरु गरिएको सो महोत्सव संचालन पश्चात सो क्षेत्रमा आउने आन्तरिक पर्यटकहरुको संख्यामा बृद्दि भैरहेको स्थानीयहरुको भनाइ रहेको  छ ।

तपाइँको प्रतिक्रिया ।