राजधानीको बौद्धमा गोली चल्यो

राजधानीको बौद्धमा गोली चल्यो

कपन अनलाइन

काठमाडौं पौष २७ ।राजधानीको बौद्धमा गोली चलेको छ । ज्यान मुद्दामा फरार अभियुक्त गुण्डा नाइके बिष्णु लामामाथि प्रहरीले गोली चलाएको हो ।महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा गोली चलाइएको डीएसपी रमेशबहादुर सिंहले जानकारी गराए ।

विशेष सूचनाको आधारमा जम्बुडाँडा गएको टोलीले तामाङलाई भेटेको थियो’, सिंहले भने, ‘भाग्न खोजेपछि घुँडामुनि गोली हानिएको हो ।’हाल उनलाई  हस्पिटल पठाइएको पनि सिंहले बताए ।प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ ।त्यस्तै, ०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिनाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि तामाङमाथि रहेको  छ ।

तपाइँको प्रतिक्रिया ।