लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ अन्तर्गत जोन XXXVII को डिस्ट्रिक गभर्नर्स थर्ड एडभाइजरी कमिटी जोन मिटिंग सम्पन्न

लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ अन्तर्गत जोन XXXVII को डिस्ट्रिक गभर्नर्स थर्ड एडभाइजरी कमिटी जोन मिटिंग सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पौष २७। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं दर्पण र लायन्स क्लब अफ काठमाडौं जेनिथको संयुक्त आयोजनामा शुक्रबार डिस्ट्रिक गभर्नर्स थर्ड एडभाइजरी कमिटी जोन मिटिंग सम्पन्न भएको छ ।एरिया XII रिजन XVIII र जोन XXXVII अन्तर्गत लायन्स क्लब अफ काठमाडौं दर्पण लायन्स क्लब अफ काठमाडौं कपन ,लायन्स क्लब अफ काठमाडौं गौतम बुद्ध लायन्स क्लब अफ काठमाडौं जेनिथ  गरि चार वटा क्लब रहेका छन्।

धुम्बाराही स्थित स्काई जोन पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवाल रहेका थिए भने बिशेष अतिथिको रुपमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का फर्स्ट डिस्ट्रिक भाइस गभर्नर लायन टंक बहादुर श्रेष्ठ, जे. एस. टि एरिया कोर्डिनेटर लायन रमेश लामा,  चिफ ए ओ जी लायन कर्मा गुरुङ, लायन बिष्णु भाइ श्रेष्ठ, लायन हिरा गुप्ता ,चारवटै क्लबका प्रेसिडेन्ट र सदस्यहरु सहित अग्रज विभिन्न जिम्मेवार लायन्स पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता जोन चियरपर्सन एबम लायन्स क्लब अफ काठमाडौं दर्पणका चार्टर प्रेसिडेन्ट  लायन अच्युत बिष्टले गरेका थिए ।

 राष्ट्रिय गान संगै सुरु भएको सो कार्यक्रममा झण्डाको अभिबादन लायन्स क्लब अफ काठमाडौं गौतम बुद्द का चार्टर प्रेसिडेन्ट लायन प्रकाश खड्काले गरेका थिए भने कार्यक्रममा एक मिनेट विश्व शान्तिको लागि मौन प्रार्थना समेत गरिएको थियो।कार्यक्रममा  जोन चियर पर्सन एबम लायन्स क्लब अफ काठमाडौं दर्पणका चार्टर प्रेसिडेन्ट लायन अच्युत बिष्टले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए। उनले यस वर्ष डिस्ट्रिक गभर्नर थर्ड एडभाइजरी कमिटि जोन मिटिंग गर्ने पहिलो क्लब भएको समेत बताएका थिए ।उनले थर्ड एडभाइजरी कमिटि जोन मिटिंग  नेतृत्व विकासमा केन्द्रित रहेको बताएका थिए।

उनले क्लबको निर्वाचन र भबिष्यका लिडर  छनौट प्रक्रिया, नेतृत्वका लागि आवश्यक स्रोतहरुमा प्रकाश, डिस्ट्रिक र मल्टिपल डिष्ट्रिक कन्भेन्सनलाइ कसरि प्रमोट  गर्ने,क्लबका चुनौती र समस्यालाइ कसरी हल गरि सफलता हासिल गर्ने अवार्ड आदानप्रदान र क्लबलाइ आगामी बर्षको लागि रिपोर्ट बनाउन प्रोत्साहन गर्ने लगायतको बिषयमा जानकारी गराएका थिए ।  कार्यक्रममा चार वटै क्लबहरु  लायन्स क्लब अफ काठमाडौं दर्पण, लायन्स क्लब अफ काठमाडौं कपन ,लायन्स क्लब अफ काठमाडौं गौतम बुद्ध र  लायन्स क्लब अफ काठमाडौं जेनिथका प्रेसिडेन्टहरुले  आ–आफ्नो क्लबको तर्फबाट गतिविधि, प्रगति, कार्ययोजना सहीतको प्रतिवेदन पेश गरेका थिए ।

 दश मिनेट तोकिएको खुल्ला समयमा लायन्स क्लबका भावी योजना र लायनहरुले गर्नुपर्ने काम, कर्तव्य र जिम्मेवारीका बारेमा लायन्समा आवद्ध विभिन्न क्लबका अध्यक्ष तथा अन्य पदाधिकारीबीच छलफल  समेत भएको थियो ।कार्यक्रममा  चिफ ए ओ जी लायन कर्मा  गुरुङ ले अब्जर्भेसन रिमार्क्स राखेका  थिए।कार्यक्रममा क्लब प्रेसिडेन्टहरुलाई सम्मान गरिएको थियो ,जसमा लायन्स क्लब अफ काठमाडौं दर्पणका प्रेसिडेन्ट लायन ठण्डराज ठकुरी (राजन),लायन्स क्लब अफ काठमाडौं कपनका प्रेसिडेन्ट लायन देबेन्द्र थापा, लायन्स क्लब अफ काठमाडौं गौतम बुद्दका प्रेसिडेन्ट लायन लायन कुमार बाबु सिवाकोटी, लायन्स क्लब अफ काठमाडौं जेनिथका चार्टर प्रेसिडेन्ट लायन चन्दर बिक्रम शाह लाइ सम्मान गरिएको थियो भने लायन्स क्लबका सदस्यहरुलाई समेत सदस्यताको प्रमाणपत्र समेत बितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवाल  बिशेष अतिथिको रुपमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का फर्स्ट डिस्ट्रिक भाइस गभर्नर लायन टंक बहादुर श्रेष्ठ, जे. एस. टि एरिया कोर्डिनेटर लायन रमेश लामा,  चिफ ए ओ जी लायन कर्मा गुरुङ,  लायन बिष्णु भाइ श्रेष्ठ, लगायतले शुभकामना मन्तब्य राख्दै  फिल सर्भ र टचको  विषयलाई फोकस गरी सम्पूर्ण लायन्सहरु संगै मिलि  लायन्सले गर्दै आएको समाज सेवामा टेवा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सामाजिक क्षेत्रमा लायन्स क्लबहरुको क्रियाशीलता बढ्दै गएको बताएका थिए ।उनीहरुले रचनात्मक र सचेतानात्मक कार्यक्रम संचालन गर्नका लाही निरन्तरता दिनुपर्नेमा जोड दिएका  थिए। उनीहरुले अरुले पछ्याउने गरि सामाजिक क्षेत्रमा लायन्स क्लबहरुले बिभिन्न खालका कार्यक्रम संचालन गर्नुपर्नेमा पनि जोड दिएका थिए ।आफुहरु सदैब साथमा रहेको बताउदै सदैब आफुले जानेका बिषयमा जानकारी दिने समेत बताएका थिए। कार्यक्रममा लायन्स लिडरहरुले लायन्स क्लब र लायन्सहहरुको भूमिका अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा संक्षिप्तमा प्रकाश  पारेका थिए ।कार्यक्रममा होस्ट क्लब लायन्स क्लब अफ काठमाडौं कपनका प्रेसिडेन्ट लायन देबेन्द्र थापाले धन्यवाद ज्ञापन गरेका थिए।औपचारिक कार्यक्रम पश्चात फेलोशिप संचालन गरिएको थियो ।

फोटो :सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।