प्रथम इष्ट पोल अन्तर बिध्यालय छात्र-छात्रा सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत छात्र तर्फ आयोजक इष्टपोल र नेपालय बिजयी

प्रथम इष्ट पोल अन्तर बिध्यालय छात्र-छात्रा सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत छात्र तर्फ आयोजक इष्टपोल र नेपालय बिजयी

कपन अनलाइन

काठमाडौं, पौष २७। गोकर्णेश्वर नगरपालिका वडा नं ५ नारायणटार जोरपाटीमा संचालित इष्ट पोल माबीले आयोजना गरेको प्रथम इष्ट पोल अन्तर बिध्यालय सेभेन ए साइड छात्र-छात्रा फुटबल प्रतियोगिताको छात्र तर्फको खेल आज बाट शुरु भएको छ । इष्ट पोल मावि २५औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य  राखेर प्रतियोगिता संचालन  गरिएको हो । इष्ट पोल माविको खेल मैदानमा सुरु भएको सो प्रतियोगिताको उद्घाटन शनिबार भएको हो ।शनिबार  छात्राहरुको  उद्घाटन खेल सम्पन्न भएको थियो भने आज छात्र तर्फको खेल सुरु भएको हो ।

आजको पहिलो खेल आयोजक इष्ट पोल माबी “बि” र ग्रीन तारा चाइल्ड हेभन स्कुल बीच भएको थियो । निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेल १ -१ गोल को बराबरीमा सकिए पश्चात खेल  टाईब्रेकरमा गएको थियो। टाईब्रेकरमा आयोजक इष्ट पोल माबी “बि”ले ग्रीन तारा चाइल्ड हेभन स्कुललाइ ३-२ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।यस्तै आज नै भएको अर्को खेलमा  नेपालय इंगलिस पब्लिक स्कुल (नेप्स)ले  विट्स एकेडमीलाई २-१ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । त्यसै गरि आजै भएको तेस्रो खेल  मनकामना हाइ स्कुल र  छहारी शिक्षासदन बीच भएको थियो। उक्त खेलमा मनकामना हाइ स्कुल छहारी शिक्षा सदनलाई ३-० ले पराजित गरेको थियो  ।

त्यस्तै अर्को खेलजीवन तारा स्कुल र आयोजक इष्ट पोल “ए”बीच भएको थियो। सो खेलमा जीवनतारा स्कुलले आयोजक इस्टपोल स्कुल “ए” लाई टाईब्रेकरमा २-१ ले पराजित गरेको  छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो ।आजै भएको त्रिकोण पब्लिक स्कुल र  बिपुल शिक्षा निकेतन बीचको  खेलमा त्रिकोण पब्लिक स्कुलले बिपुल शिक्षा निकेतन लाई १-० ले हराएको छ।त्यसै गरि आजको आन्तिम खेल सांग्रिला पब्लिक स्कुल र एकता जेम्स स्कुल बीच भएको थियो। सो  खेलमा सांग्रिला पब्लिक स्कुलले एकता जेम्स स्कुललाई टाईब्रेकरमा २-० गोल अन्तरले पराजित गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि सो खेल  पनि टाईब्रेकरमा गएको थियो ।

प्रतियोगितामा कुल १५ विद्यालयका छात्रातर्फ १२ र छात्रतर्फ १५ टिमको सहभागिता रहेको छ ।  प्रतियोगितामा म्यान अफ द म्याच घोसित हुने खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो ।माघ २ गते सम्म जारी रहेने प्रतियोगितामा प्रतियोगीतामा प्रथम  र दितीय हुनेलाई ट्रफी मेडल र प्रमाण पत्रको साथै उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता उत्कृष्ट गोल रक्षक,र फेयर प्ले टिमलाइ पनि अवार्डको व्यवस्था गरिएको  कार्यक्रम संयोजक सुदर्शन घिमिरेले कपन अनलाइनलाइ बताए।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।