गगन थापाको अन्तिम चुनावी सभामा प्रकाशमान सिँह आए

कपन अनलाइन०७० मंसिर १ गते
संबिधानसभाको चुनावी अभियानको अन्तिम दिन आज देशभर प्रायः सबै उम्मेदवारहरुले र्याली तथा सभाहरु गरेका छन् । काठमाडौं क्षेत्र नं. ४ मा आज नेपाली कांग्रेसका प्रत्यासी गगन थापाले चुनावी सभा आयोजना गरे । सिफलचौरमा भएको विशाल चुनावी सभामा गगन थापालाई सघाउन आइपुगे नेपाली कांग्रेसका महामन्त्रि प्रकाशमान सिंह । काठमाडौं क्षेत्र नं. ४ मा गगन थापालाई हराउन प्रकाशमान सिंह लागि परेको भनेर केही मिडिया तथा विपक्षीहरुले आरोप लगाइरहेको बेला प्रकाशमान सिंहले गगन थापालको पक्षमा आधा घण्टा समर्थनका फूलगुच्छा वर्षाए । गगन थापाजस्ता युवाहरुले अबको नेपाली कांग्रेसको नेतृत्व लिने कुरा उनले दोहोर्याई दोहर्याई भनिरहँदा दर्शकदीर्घाबाट तालीको गड्गडाहट आएको थियो ।

DSC_0162
४ घण्टा चलेको चुुनावी सभामा करिब १ दर्जन वक्ताहरुले बोल्ने क्रममा उपस्थित हजारौं जनतामाझ नेपाली कांग्रेसलाई बहुमतको आग्रह गर्नुुको साथमा क्षेत्र नं. ४ मा ठूलो मत अन्तरमा बिजय गराउन आग्रह गरेका थिए । कार्यक्रममा कलाकारहरुले पनि आफ्ना प्रस्तुतिबाट नेपाली कांग्रेसको नाममा भोट मागेका थिए । वरिष्ठ सिनेकर्मी निर शाहले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली जनताको मुहार हँसाउन नेपाली कांग्रेसमात्र सक्षम रहेको बताए ।

DSC_0110
कार्यक्रमा समानुपातिकका उम्मेदवार राजु श्रेष्ठ तथा राधा घलेले दुई रुख दुई छापमा मतदान भएमात्र नेपाली कांग्रेसले संबिधानसभामा सफलतापूर्वक काम गर्न सक्ने बताउँदै समानुपातिकमा मतदान गरेर पार्टीलाई जिताउन अनुुरोध गरे । कार्यक्रमका प्रमुख आकर्षण गगन थापाले सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसले १ वर्षभित्रमा संबिधान बनाउन तथा ४ वर्षभित्रमा देशमा मुहार फेर्ने योजनाहरु कार्यान्वयन गर्न नेपाली कांग्रेसलाई बहुमत दिन आग्रह गरे । लोकतान्त्रिक संबिधान बन्न नेपाली कांग्रेसलाई मतदान दिनुको विकल्प नरहेको बताउँदै थापाले एमाओवादीले अब बाँकी दिनमा गर्ने घृणित कुप्रचार तथा झुुटा आश्वासनबाट बच्न मतदातालाई आव्हान गरे ।

तपाइँको प्रतिक्रिया ।