पासाङले मौन अवधि तोडेको आरोप

कपन अनलाईनमंसिर २ गते
कुनै पनि चुनावी सभा तथा कार्यक्रम गर्न नपाइने मौन अवधि सुरु भएको करिब ९ घण्टापछि काठमाडौं क्षेत्र नं. ४ का एमाओवादी उम्मेदवारले दलबलसहित भोट माग्न हिँडेका हिंडेको आरोप लागेको छ । कपनस्थित जोरधारा खानेपानी संस्थाको परिसरमा महिलाहरुलाई जम्मा गरी भोट माग्न एमाओवादी कपनका करिब १०० संख्याका कार्यकर्तासहित उनी पुगेको देखिए पछि कपनमा चुनावी वातावरण एकछिन तनावित भयो । महिलाहरुको कार्यक्रमको नाममा सयौं कुर्सि राखेर कार्यक्रम गरिएपछि यहाँका अरु पार्टीहरुले यसको बिरोध गरेका थिए । नेकपा एमाले, नेपाली कांग्रेसलगायत पार्टीले विरोध जनाएपछि तथा घटनास्थलमा सेना, शसस्त्र प्रहरी तथा जनपद प्रहरी पुगेपछि कार्यक्रम रोकिएको थियो । मौन अवधिमा ठूलो समूहमा कुनै कार्यक्रम तथा चुनावी प्रचार गर्न नपाइने जान्दाजान्दै यसप्रकारको कार्य गरेकामा अन्य पार्टी लगायतले एमाओवादीबाट चुनावमा गलत ढंगले प्रस्तुत हुने अनुमान लगाएका छन् ।

हेर्नुस कार्यक्रम  कस्तो थियो फोटोमा

DSC09445-001 DSC09446 DSC09447-001 DSC09450-001

यस विषयमा कुरा गर्दै एमाले कपनका अध्यक्ष ध्रुवराज न्यौपानेले अहिले पनि एमाओवादीले कानून नमान्ने र जे गरे पनि हुन्छ भन्ने सिद्धान्तका साथ हिँडेको यो कार्यक्रमले देखाएको छ । यस्ता कार्यक्रमले चुनावी वातावरणले उत्तेजक बनाउने हुँदा एमाआवादीलाई यस्ता कार्यक्रम नगर्न आग्रह गरे । उनले एमाओवादीलाई स्वच्छ प्रतिस्पर्धामा आउने सुझाव पनि दिए । नेपाली कांग्रेसका स्थानीय नेता श्याम डोटेलले यस विषयमा कुरा गर्दै एमाओवादीले चुनावी परिणाम आउनु अघि नै हारको मानसिकता बोकेर नियम कानुन तोडेको बताए । उनले उनी खुल्ला तथा स्वच्छ प्रतिस्पर्धामा आउन एमाओवादीलाई आग्रह गरेका छन् । यस विषयमा एमाओवादी कपनका अध्यक्ष शिव बजगाइँ भने नियम मिचेको भए निर्वाचन आयोग गर्ला । घर कम्पाउण्डमा कार्यक्रम गरिएको हो । उनले हामीले नियय तोडेको छैनौं भने ।

तपाइँको प्रतिक्रिया ।