अयोग्य ल्याएर सिंगो संक्रमणकालिन न्याय प्रकृया असफल नबनाऊ: फडिन्द्र लुइटेल
कपन अनलाइन
काठमाडौं ,पौष २३।
राजनीतिक हस्तक्षेपका कारण सत्यनिरूपण एवं मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा असक्षम ब्यक्तिहरू सिफारिस हुनलागेको द्वन्द पिडित रास्ट्रिय संजालका बरिस्ठ उपाध्यक्ष फडिन्द्र लुइँटेलले बताएका छन ।
लुइटेलले दुबै आयोगहरूमा राजनीतिक दलहरूले आफु निकटका ब्यक्तिहरूलाई अगाडि सारेका र दुबै आयोगहरूमा पदाधिकारीहरू सिफारिस गर्न बनेको सिफारिस समिति दलहरूको रबर स्ट्याम्प भएको आरोप समेत लगाएका छन।
उनले दलहरूको बीचमा सत्य आयोगमा काँग्रेस निकट गणेशदत्त भट्ट र बेपत्तामा नेकपाबाट नेपाल सरकारका पुर्व कर्मचारी युवराज सुवेदी ल्याउने सहमति भएको जानकारी दिदै पुर्व सभामुख सुभाष नेम्वाङको सिफारिसमा आयोगमा आउन लागेका सुवेदी विगतमा कमजोर कार्य सम्पादन भएका ब्यक्ति भएको आरोप पनि लगाएका छन।
यस्ता कमजोर र असफल ब्यक्तिहरू सिंगो संक्रमण कालिन न्याय प्रकृयाका लागि घातक हुने सरोकारवालाहरूले बुझ्नु पर्ने उनको धारणा रहेको छ।
कपन अनलाइनसँग कुरा गर्दै लुइटेलले भने “विगतको असफलताबाट पाठ सिक्दै पहिला ऐन संसोधन गरिनुपर्दछ। त्यस पछि मात्र आयोगहरू गठन गरिनुपर्दछ।”
सक्षम र योग्य ब्यक्तिहरू ल्याउन समेत उहाँले सरकारलाई आग्रह गर्दै उनले युवराज सुवेदी विगतको कार्य सम्पादनमा कमजोर रहेको पाइएको र उनी भन्दा लोकेन्द्र मल्लिक नै योग्य छन। बरू उनैलाई दोहोर्याऊन सकिने बताएका छन ।
कमजोर कार्य सम्पादन भएका र संक्रमण कालिन न्यायमा खासै दक्षता नभएका ब्यक्तिहरू दुवै आयोगमा सिफारिस हुन लागेको प्रती चिन्ता ब्यक्त गर्दै लुइटेलले “नयाँ ल्याउने नाममा असक्षमहरूलाई ल्याउनु भन्दा दुवै आयोगमा कतिपय पुराना सदस्यहरू योग्य रहेको र तिनीहरूलाई नै दोहोर्याऊन सकिने धारणा राखेका छन ।
यसबाट सबैको इज्जत बच्ने अन्यथा सिंगो संक्रमण कालिन न्याय प्रकृया नै असफल भएको बिश्व समुदायमा सन्देश जाने भन्दै लुइटेलले राजनीतिको खिचातानी र चेपुवामा परेका दुवै आयोगहरूमा सक्षम र योग्य मान्छे ल्याउन पहल गर्न सरोकारवाला सबै राष्ट्रिय/अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन ।