आमाबुवालाई उपेक्षा होइन सम्मान गरौं !

आमाबुवालाई उपेक्षा होइन सम्मान गरौं !

कपन अनलाइन

काठमाडौं,पुस १८/ शीतल गिरी
राजेशकी छोरी सविता अन्तर्वार्ता दिन आएकी थिई । छोरा मनोज ल क्याम्पसमा भर्ना भएको थियो । साथीहरूसंग मिलेर कोठा भाडा लिएको थियो । दुई दिन म कहाँ बसेको थियो ।
मेरो साथी राजेश वाल्यकालदेखि नै स्वतन्त्रताको पक्षधर, चलाख र पढ्नमा अब्बल थियो । केही गरेर देखाउने उमङ्ग उसमा शुरुदेखि नै थियो । म संयुक्त परिवारमा रहन्छु । घरमा आमाबुवा र दाजुभाइको कारण मेरो बच्चाहरू कहिले, कसरी हुर्किएर ठूलाभए थाहै भएन ।
यसो त दाजु पनि नोकरी गर्नुहुन्छ । मेरा छोरी र छोराले घरको कुनै सदस्यबाट नराम्रो व्यवहार पाएनन् । उनका विद्यालय र साथीहरूबीच जति पनि समस्या हुन्थे— मेरा आमा बुवाले समाधान गरिदिनु हुन्थ्यो । उनीहरूलाई उचित सल्लाह पनि दिनुहुन्थ्यो ।
राजेशले पनि यस्तो सुख पाउन सक्थ्यो, तर उसलाई सगोलमा बस्ने मन भएन । एउटै शहरमा उसको आमा–बुवा र भाइ आफ्नो घरमा र राजेश आफ्नी श्रीमती गीतासंग भाडाको घरमा बस्दथ्यो । दशैं, तिहार, चाड–पर्वमा तिनीहरू घर जान्थे । जब सविता र मनोज साना थिए, राजेशले उनीहरूलाई घरेलु कामदारको जिम्मामा छोडिदिन्थ्यो, किनकि दुवै पति पत्नी जागिरे थिए ।
जहाँ राजेशको बच्चाहरू घरमा कामगर्नेको संस्कारमा हुर्किए, त्यही मेरा बच्चाहरू घरको न्यानो मायामा बढे । राजेशका बच्चाहरू प्लास्टिकका गुडिया, टिभी र कम्पूटरसंग खेल्नबाध्य थिए भने हाम्रो घरमा कुनै बच्चा गाइरहेको हुन्थ्यो, कुनै रोइरहेको हुन्थ्यो, कोही टिभी हेरिरहेको हुन्थ्यो, कोही कम्युटरमा रमाइरहेको हुन्थ्यो भने कुनै चाहिं भान्सामा गएर के के पाक्दैछ भनेर हेर्ने गर्थे । हाम्रो घरमा हाँसो, खुसी, रोदन, गीत यसो भनौं प्रत्येक बच्चा घरको सजीव र प्रेमपूर्ण वातावरणमा हुर्किरहेका थिए ।
राजेशको छोराछोरीलाई महँगो खेलौना र कपडा सजिलै उपलब्ध थियो । पाकेटवाला खानेकुराहरू घरमा राखिएको थियो । हाम्रो घरमा आमा पाकेटवाला तयारी खानेकुराको कडा विरोध गर्नुहुन्थो । केटाकेटी भोकाउँदा हरियो सागपात हालेर स्वास्थ्यवर्धक खानेकुरा बनाइदिनु हुन्थ्यो ।
मेरा छोरा छोरीको अपेक्षा सविता र मनोज हरहमेशा चुपचाप र डराएको जस्ता रहन्थे । एकदिन कुरै कुरामा थाहा पाए कि केटा केटीहरू घरमा एक्लै रहनाले कुण्ठाबाट ग्रसित रहेछन् । पेटको भोकको त पूरा बन्दोबस्त थियो, तर उनीहरूको मनको भोकमा सहभागी बन्ने कोही थिएन । राजेश र गीता त ठूलो दर्जाका जागिरे न थिए ।
अफिसपछि कुनै सङ्घ संस्थाको आमन्त्रणमा सहभागी बन्थे, गोष्ठीहरूमा जाने कार्यक्रमरहेको दिन घरमा जान ढिलो हुने गथ्र्यो । कुन बालकले स्कूलमा झगडा ग¥यो, कुन शिक्षकले रोचक जानकारी दियो, यस्ता कुराहरू बच्चाहरूले कसलाई सुनाउने ? बाजे बजैले उनीहरूको हरेक कुरो बडो रुची पूर्वक सुन्थे, तर राजेश र गीताले उनीहरूलाई कहिल्यै प्रोत्साहित गरेनन् कि बाजे बजै कहाँ बराबर जाने गरून । यता बाजे बजै पनि बृद्धावस्थामा एक्लोपन महसुस गर्दथे । राजेशले जस्तै कान्छो छोराले पनि आफ्नो परिवार लिएर पश्चिमी नेपालको एक जिल्लामा नोकरी गर्दथ्यो । उसले आमा–बुवालाई साथै लैजाने कोशिश नगरेको होइन । तर विराटनगरको पुख्र्यौली घरको मूल ढोकामा ताला झुण्डाउन चाहेनन् ।
एकदिन फुटवल खेल्दा मनोजको देव्रे खुट्टाको हाड भाँचियो । बाजे–बजै पनि हेर्न आए । बच्चाहरूले उनीहरूलाई आफैं कहाँ रोके, छोराछोरीको जिद्दीको अगाडी राजेश र गाीताले पनि केही भन्न सकेनन् । चारवटा कोठा भाडामा लिएको हुँदा आमाबुवालाई बस्नको लागि कुनै असुविधा भएन, बरु बच्चाहरूको मुहार हँसिलो हुनथाल्यो ।
हो बाजे बजै आउनुअधि त्यो घर प्रायः सुनसान थियो । नाती नातिनीको कापी किताव हेर्दा यिनीहरू गणित र विज्ञाानमा कमजोर छन् भन्ने कुरा वृद्धहरूले बुझे ।
अतः यो जिम्मेवारी उहाँहरूले लिनुभयो । छोराछोरी डरको कारण राजेश र गीतालाई भन्न सक्दैन थिए कि गणित र विज्ञाान उनीहरूले राम्ररी बुझ्न सकेनन् । बाजेले बडो प्रेमपूर्वक र सहज किसिमले कठिन प्रश्न समाधान गर्न सिकाइदिनुभयो । बजैले स्कूलको होमवर्क गर्न लगाउनुहुन्थ्यो ।
नाती–नातिनी, बाजे–बजै खुशी थिए । तर यी दुई बीचको पुस्ता राजेश गिताले आफ्नो कत्र्तब्य विर्सेका थिए । तिनीहरू आफ्नो पद्को अहङ्कारमा आफ्नो कति ठूलो नोक्सान गरिरहेका थिए । यो भूल तिनीहरुरूलाई बल्ल थाहा भयो ।
यदि बृद्ध आमा–बुवा गाउँका छन् कम हैसियतका छन्, आधुनिक विचारका छैनन् त के हामीले उहाँहरूसंग सम्बन्ध नै तोडिदिने ? यस्तो आमा–बुवा जसले हामीलाई जन्मदिए र यसयोग्य बनाए कि आज हामी आफ्नो खुट्टामा उभिन सक्ने भयौं र आधुनिक जीवन जीउन चाहिने सम्पूर्ण कुरो उपलब्ध छ । मैले त केही हाकीमहरूले यो पनि भनेको सुनेको छु कि जब मेरा साथीहरू आउँछन् तब तपाइँ भित्र बस्नु होला । बैठक कोठामा नआउनुहोला । त्यस्ताले आमाबुवाको परिचय साथीहरूसंग गराउन लाज महसुस गर्दछन् ।
आत्मविश्वासको साथ सविता र मनोज काठमाडौं एक्लै आए । यो देखेर मेरो हृदउ धेरै खुसी भयो । यसको श्रेय निश्चयनै उनीहरूको बाजे–बजैलाई जान्छ । बाजे–बजै आउनुभन्दा पहिले मनोज हरहमेशा टिभी हेरेर बस्थ्यो । सविता र उसमा हरहमेशा टिभीलाई लिएर झगडा हुन्थ्यो ।
अब बाजे सँगै मनोज कुराकानी गर्दथ्यो र बजैसँग सविता किसिम किसिमको व्यञ्जन बनाउन, सिलाइ, कढाइ, बुनाइ आदि सिकिरहन्थी । बजै पेन्टिङ्ग सारै राम्रो गर्नुहुन्थ्यो, यो कला पनि सविताले सिकिन । छोरा छोरीमा यति धेरै राम्रा गुण सहजै आएको देखेर राजेश र गीतालाई सारै आनन्द लाग्यो । तिनीहरू आफ्ना छोराछोरीप्रति निश्चिन्त पनि भए ।
घरमा वृद्ध आमा–बुवालाई उपेक्षा गर्नेहरूले यो पनि सोच्नुपर्दछ कि एकदिन तिनीहरू पनि वृद्ध हुनेछन् । कही तिनीहरूप्रति पनि यस्तै व्यवहार भयो भने ? प्रायः शहरी समाजमा आर्थिक सङ्कट र परिवारको मानिसहरूमा आपसी तालमेल नहुनाका कारण संयूक्त परिवार द्रुत गतिले बिखण्डित हुँदैछ । यसरी विखण्डित परिवारका अवोध बालबालिकाहरूले आफ्नो बाजे बजैको कमी महसुश गर्ने गरेको देखिएको छ । राजेश अलग भएथ्यो, कान्छो परिवार लिएर पश्चिम गएथ्यो । छिमेकीको पाँच बर्षीया बच्ची सृष्टि सधै आउँथ्यो र बाजे बजै भन्थ्यो ।
बच्ची घण्टौं बसेर कुरा गर्थी, खान्थी र खेल्थी । सृष्टि आउनाले बाजे बजैलाई पनि आफ्नो नाती–नातीनाको कमी महसुस हुँदैनथ्यो । पहिले राजेशका बुवाका दौतरीहरू जब भेटन आउँथे गीता जोड–जोडले बोल्थिन्, कराउँथिन्, बिनाकारण घरेलु कामदार्नीलाई गाली गर्थिन् । यसकारण राजेशले आफ्नो परिवार भाडाको घरमा लगेको थियो । केही समयपछि कान्छो पनि परिवार लिएर पश्चिम जानाले निरस भएका बुढाबुढीले छिमेकीका नाती नातिनालाई आफ्नो माया–मोह बाँडेर खुशी थिए र साथै सृष्टि जस्ता बच्चा पनि आफ्नो बाजे–बजैको अभावबाट मुक्त छ । छोटकरीमा भन्नुपर्दा आमा–बुवासँग अनुभव हुन्छ, बालबच्चा हुर्काउने । घर परिवारमा बच्चाहरूको राम्रो साथी, शिक्षक बन्न सक्छन् । कतिपय कुरामा उनीहरूको सही सुझावले समस्याहरू बुद्धिमानीपूर्वक समाधान हुनसक्न । उहाँहरूको उपेक्षागर्नाले उहाँहरूलाई त पीर पर्छ नै साथै थुप्रै राम्रा कुराहरू सीक्नबाटबाट भविष्यका कर्णधार बञ्चित पनि हुन्छन् र सम्मान गरिएमा प्राप्ति पनि हुन्छ ।

तपाइँको प्रतिक्रिया ।