कलेजो फेल भएका १४ बर्षीय रोशन तामाङलाइ सहयोग गरौ

कलेजो फेल भएका १४ बर्षीय रोशन तामाङलाइ सहयोग गरौ

कपन अनलाइन

काठमाडौं पौष १५। कलेजो फेल भएर उपचार गराइरहेका रोशन तामाङलाइ सहयोग गर्नको लागि अपिल गरिएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशिगाउमा संचालित  नेपालय ईङलिस पब्लिक स्कुलको  कक्षा ७ मा पढ्दै आएका १४ बर्षिय रोशन तामाङको उपचारमा सहयोग गर्नको लागि परिवारले अपिल गरेका हुन् ।

१४ बर्षिय रोशन तामाङको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल स्थित नेपाल मेडिकल कलेजको भेन्टिलेटरमा उपचार  भइरहेको छ ।  उनको उपचारका लागि दैनिक ३० हजार खर्च भईरहेको र  चिकित्सकको अनुसार  १० – १२ लाख खर्च हुने देखिएको  हुदा कमजोर आर्थिक अवस्था रुमलिएको परिवारले रोशनको दैनिक उपचार गरिरहनु परेको छ । जसोतसो खर्च जुटाएर आजसम्म उपचार गर्यौं तर अब थप उपचार गर्न ‘म कसरी खर्च जुटाउँ ? उनको आमाले भनिन ।सवैले केहि न केहि आर्थिक सहयोग गरेमा छोराले  पुनर्जीवन पाउने हुदा सबैलाई सहयोग गर्नको लागि अनुरोध समेत  गरेकी छिन  ।

कृपया उपलाई सहयोग गर्न चाहनेले निम्न सम्पर्कमा सहयोग गरिदिन समेत अनुरोध गरेकी छिन ।सनराईज बैंकको खाता नम्बर ०६२०४०७९२८७०१००१ वा साथै उनको शिक्षक – ९८१४०८३३९७ (मन कुमार लिम्बु ),नेपालय ईङलिस पब्लिक स्कुलका म्यानेजिंग डाइरेक्टर .- बुद्ध श्रेष्ठ (९८४६८८८८००) लाई सम्पर्क गरि थप जानकारी लिन सकिने छ ।

तपाइँको प्रतिक्रिया ।