कपन क्याम्पसको कमजोरीका कारण जनप्रतिनिधिलाई झुटो आरोप

कपन क्याम्पसको कमजोरीका कारण जनप्रतिनिधिलाई झुटो  आरोप

कपन अनलाइन 

काठमाडौँ ,पौष १०।

बुढानिलकण्ठ -१० मा रहेको कपन बहुमुखी क्याम्पस निर्माण स्थल र सो आसपासको स्थान बाट निकालिएको बालुवाको हरहिसाव र प्रयोगका विषयमा  जोडेर जनप्रतिनिधिहरुलाई मुछ्ने गलत प्रयास गरिएको छ।

सो स्थान बाट निकालिएको बालुवा र माटो क्याम्पस व्यवस्थापन समितिले जिल्ला समन्यव समिति र नगरपालिकाको अनुमति लिएर प्रयोग तथा बेच बिखन हुदै आएकोमा त्यसमा  नगरपालिका प्रमुख उद्दव खरेल र वडा नं १० का अध्यक्ष नवराज भट्टराईको नाम समेत जोडेर विभिन्न संचार माध्यममा समाचार प्रकासित भए संगै यस विषयले चर्चा पाएको हो ।

यस विषयमा अध्ययन गर्दा सो स्थानको बालुवा र त्यसको प्रयोगमा क्याम्पस व्यवस्थापन समिति जिम्मेवार देखिन्छ भने त्यसमा जनप्रतिनिधिको कुनै भूमिका रहेको देखिने कुनै प्रमाण वा संलग्नताको आधार देखिदैन ।

जसले सबैलाई खुसि पार्न खोज्छ उसले कसैलाई पनि खुसि पार्न सक्दैन भन्ने भनाइ अहिले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुमार ओझामा लागु भएको  छ । ओझाले पछिल्लो समय व्यवस्थापन समिति गठन गर्दा स्थापना काल देखि  योगदान पुर्याएका सदस्यलाई बिदा गर्दै  आफु अनुकुल समिति निर्माण गरेका थिए जुन अहिले उनको लागि प्रतिकुल बनेको  र बुढानिलकण्ठ नगरपालिकाको महत्वपूर्ण शैक्षिक संस्था  यसरि विवादमा मुछिएको एक जनप्रतिनिधिको धारणा रहेको छ ।

क्याम्पस व्यवस्थापन समितिले लेखा प्रतिवेदनमा हिसाव किताव सार्वजनिक त् गरेको छ तर सार्वजनिक सम्पति प्रयोग गर्दा अपनाउनु पर्ने पारदर्शिताको न्युनतम पहल नगर्दा यसले जनताको मत बाट निर्वाचित बनेर जन सेवामा समर्पित बनेका नगर प्रमुख र वडा अध्यक्ष माथि अनावस्यक आरोपको खेति गरिदिएको क्याम्पस व्यवस्थापन समितिका एक पुर्व सदस्यले बताए ।

नविन प्रविधि प्रयोग गर्दै नमुना भवन बनाउने अभियानमा रहेको सो क्याम्पस निर्माण स्थल अगाडी रहेको बाटो खनेर बालुवा निकालिएको छ भने बालुवा बेच बिखंको बिल काट्न समेत क्याम्पसले राम्रै पारिश्रमिक दिएर कर्मचारी राखेको देखिन्छ  ।

यसरि विभिन्न संचार माध्यममा आफ्नो नाम जोडिएर संचार आए पछी हाल विदामा अस्ट्रेलियामा रहेका वडा अध्यक्ष नवराज भट्टराईले आफ्नो इमान र निष्ठा माथि हमला गर्ने प्रयास प्रति खेद व्यक्त गर्दै यस्ता कुल्सित मनसायले गरिने प्रचारले आफुलाई कुनै असर नपर्ने बताएका छन ।

आफ्ना वडावासीहरुलाई यस्ता  सस्ता प्रचारको पछाडी नलाग्न अनुरोध गर्दै अध्यक्ष भट्टराईले आफ्नो स्वार्थ सिद्दी गर्न गलत प्रचार गर्ने तत्वहरुलाई खुल्ला चुनौती समेत आफ्नो सामाजीक संजाल मार्फत चुनौती दिएका छन । उनले कसैले टि आरोपलाई प्रमाणित गरे फासीमा झुन्डिन तयार रहेको भन्दै यस्ता प्रचार बाट विचलित नहुने प्रतिवादत्ता समेत गरेका छन ।

त्यस्तै यसै विषयमा बिज्ञप्ती जारि गर्दै कपन बहुमुखी क्याम्पसले सो स्थानको बालुवा प्रयोग र वेचविखन नियम संगत गरिएको जानकारी दिएको छ ।

हेर्नुहोस क्याम्पसको बिज्ञप्ती :

क्याम्पस प्रसासनले जारि घरेको बिज्ञप्तीमा बालुवा प्रयोग र बेचबिखन सम्बन्धी विषयमा सम्पूर्ण हरहिसाव नगरपालिकामा बुझाउने उल्लेख गरिएको छ तर अहिले सम्मको खर्च आम्दानी र अन्य विवरण साधारण सभामा पेश गरिएको लेखा परिक्षण प्रतिवेदनमा बाहेक सार्वजनिक भने गरिएको छैन ।

यस प्रसंग उठे संगै बालुवा सम्बन्धित सम्पूर्ण जानकारी सार्वजनिक गर्न क्याम्पस प्रसासन माथि दवाव परेको छ भने त्यसको वारेमा क्याम्पस व्यवस्थापनले के गर्नेछ भन्ने आम चासोको विषय समेत बनेको छ । 

यस्तै वडा नं १० कार्यालयले पनि बिज्ञप्ती जारि गर्दै कपन क्याम्पस निर्माण स्थल र त्यस वरपरको स्थानमा रहेको बालुवाको सम्पूर्ण रकम क्याम्पसको खातामा जाने उल्लेख गर्दै आफ्नो वडाको शैक्षिक संस्था भएकोले सो को विकासमा बाहेक अन्य कुनै गतिविधिमा वडा संलग्न नभएको उल्लेख गरिएको छ ।

वडा १० ले जारि गरेको बिज्ञप्ती :

त्यस्तै यो प्रसंग संग कपन प्रहरी प्रभागकी निरीक्षक सुरक्षा केसी पनि जोडिएकी छन ।विभिन्न संचार माध्यममा प्रकासित समाचारमा उनलाई जनप्रतिनिधिले तारो बनाएको उल्लेख गरिएको छ । तर जनप्रतिनिधिलाई मुछेर निरीक्षक केसीले चर्चामा आउन केहि स्थानीय प्रतिपक्षी नेताहरुको बहकावमा  गरेको पब्लिसिटी  स्टन्ट बाहेक अन्य केहि नरहेको एक जनप्रतिनिधि बताउछन ।

यसरि कपन बहुमुखी क्याम्पसको कमजोरीका कारण जनप्रतिनिधिलाई समेत अफ्ट्यारो पारेको यस विषयको समाधानका लागि क्याम्पस व्यवस्थापन समितिले बालुवा प्रयोग र बेचबिखनको पूर्ण विवरण सार्वजनिक गर्दै सरोकारवालाको सुसुचित हुनपाउने अधिकारको सम्मान गर्नुपर्ने देखिन्छ ।

 

 

तपाइँको प्रतिक्रिया ।