बुढानिलकण्ठ नगरपालिका – १ को साहित्यिक कृति प्रकाशन सम्बन्धी सूचना

बुढानिलकण्ठ नगरपालिका – १ को साहित्यिक कृति प्रकाशन सम्बन्धी सूचना

कपन अनलाइन

काठमाडौँ,पुस१० । बुढानिलकण्ठ नगरपालिका वडा नं – १ सार्वजनिक सूचना जारी गरेको छ। वडा अध्यक्ष सुरेन्द्र लामाद्वारा हस्ताक्षरित उक्त सूचना मार्फत  शिवपुरी सन्देश साहित्यिक त्रैमासिक द्वारा नयाँ बर्ष २०७७ को बैशाखमा बिशेष अंक प्रकाशन गर्न लागेको हुँदा यस वडा नं १ भित्रका व्यक्तिहरुले  तपशिल मापदण्ड भित्र रही विवरण वडा कार्यालयमा बुझाउन हुनको लागि सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

मापदण्ड

  •  यस वडा भित्र स्थायी बसोबास भई कम्तिमा एउटा साहित्यिक कृति प्रकाशन भएको, साथमा एउटा रचना
  • नेपाल सरकारमा दर्ता भएको साहित्यिक पत्रिका ए संलग्न पत्रकारको विवरण
  • साहित्यिक संघ संस्थाको पदाधिकारीको नामावली
  • साहित्यिक पुरस्कार स्थापना भएको भए सो को विवरण

 

तपाइँको प्रतिक्रिया ।