नेपाल कराते महासंघ,सितोरियो कराते संघ शंखडोल शाखा डोजोले खेलाडीहरुलाई सम्मान गर्ने

नेपाल कराते महासंघ,सितोरियो कराते संघ शंखडोल शाखा डोजोले खेलाडीहरुलाई सम्मान गर्ने

कपन अनलाइन

काठमाडौं पौष ११ । नेपाल कराते महासंघ, सितोरियो  कराते संघ शंखडोल शाखा डोजो गोकर्णेश्वरले भर्खरै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा कराते विधातर्फ बिजयी खेलाडीहरुलाई सम्मान गर्ने भएको छ।

पौष १२ गते शनिबार बिहान ८ बजे गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा रहेको डोजो हलमा प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राइको प्रमुख आतिथ्यता तथा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको उपस्थितिमा उक्त सम्मान कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

खेलाडीहरुको मनोबल बढोस् र उच्च आत्मसम्मान प्रदान गरुन्’ भन्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गर्न लागिएको शंखडोल कराते डोजो हलका प्रमुख प्रशिक्षक  शिवराम कारंजितले कपन अनलाइनलाइ बताए । उनले सो कार्यक्रममा रेफ्रि,प्रशिक्षक,ब्यबस्थापकहरुलाई पनि सम्मान गर्न लागिएको हुदा सो कार्यक्रममा उपस्थित हुनको लागि सबैलाई अनुरोध गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।