गोकर्णेश्वर नगरपालिका ४ कान्ति भैरब उत्तर बाहिनीमा पितृमोक्षका लागि श्राद्ध गर्नेको भिड
कपन अनलाइन
काठमाडौं पौष १० गोकर्णेश्वर नगरपालिका वडा नं ४ कान्ति भैरब मन्दिर उत्तर बाहिनीमा पितृमोक्षका लागि श्राद्ध गर्नको लागि बिहानैदेखि ठूलो संख्यामा भिड लागेको छ । काशी, गया लगायतका धार्मिक तीर्थस्थलमा श्राद्ध गर्न जानुअघि यस ठाउँमा श्राद्ध गरेर मात्र गएमा पुण्य हुने जनविश्वास रहिआएको छ। यस कारण पनि यहाँ पौषे औशिका दिन उल्लेख्य मात्रामा श्राद्ध गर्नेको भिड लाग्दछ ।
तीर्थश्राद्ध गर्दा आएका हजारौं श्रद्धालुले पितृमोक्षका लागि जौंको पिठोबाट बनाइएको पिण्डदान गर्ने गर्छन् । उत्तरगया क्षेत्रको नामले चिनिने कान्ति भैरब उत्तबहिनीमा पौषकृष्ण औँसीका दिन पितृलाई पिण्ड दिएर श्राद्ध गर्नाले सबै पितृहरु मोक्ष हुन्छन् भन्ने विश्वासका साथ तीर्थालुको यहाँ भीड लागेको हो । गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनी कान्तिभैराब मन्दिर परिसरमा रहेको बागमती नदि किनारमा बिहानैदेखि पितृ भएका आफ्ना आमा बाबुको श्राद्ध गर्न र आजै परेको सुर्य ग्रहण पश्चात स्नान गर्नको लागि पनि धेरै मानिसहरु आएका थिए ।
भारत वर्षका चार गयामध्ये भारतमा तीन गया छन् भने नेपालमा रहेको एक गया उत्तरगया हो ।धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने संभावना बोकेको यस क्षेत्रका उचित विकास र प्रचार प्रसार गर्न नसकेको खण्डमा हामो धार्मिक र सांस्कृतिक सम्पदा नासिने श्री उत्तरबाहिनी मन्दिर एवम् क्षेत्र ब्यबस्थापन समिति सह सचिब सरोज बस्नेतले बताए ।
उनले मेलामा आएका भक्तजनहरुलाई शुद्द खाने पानीको ब्यबस्था लायन्स क्लब अफ बागमती नर्थ ले गरेको थियो भने श्री उत्तरबाहिनी मन्दिर एवम् क्षेत्र ब्यबस्थापन समितिले पार्किंग ब्यबस्थापन , सुचना केन्द्र , जाडोको लागि आगो बाल्दिने , असक्तलाई नुहाउन तातोपानी को ब्यबस्था , श्राद्द गर्न ब्राम्हण को ब्यबस्था , बस्नको लागि म्याट्रेस को व्यवस्था गरेको थियो ।उक्त स्थानमा रामायण भजन समुह बाट बिशेष भजन कार्यक्रम गरेको थियो भने आजै उत्तरबहिनी गङ्गा आरति को दोस्रो बार्षिक उत्सबको उपलक्ष्यमा सांझ प्रतिनिधि सभा सदस्य कृष्ण राइको प्रमुख आतिथ्यतामा गङ्गा आरती गरिने कार्यक्रम पनि रहेको छ ।
फोटो :सरोज बस्नेत