खेलाडीको मनोबल बढाउन अभ्यास स्थलमा टोखाका प्रमुख सहित जन प्रतिनिधि

खेलाडीको मनोबल बढाउन अभ्यास स्थलमा टोखाका प्रमुख सहित जन प्रतिनिधि
कपन अनलाइन
काठमाडौँ, पुस ९। टाेखा नगरापालिकाका प्रमुख प्रकाश अधिकारी , उप-प्रमुख सुश्री ज्ञानमाया डंगाेल र विभिन्न वडाका अध्यक्ष हरूद्वारा बि डिभिजन लिगमा भाग लिन प्रशिक्षण गरि रहेका श्री भगवती क्लबका खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि अभ्यास स्थलमा पुगेका छन।
सो अवसरमा प्रमुख सहितको टोलिले खेलाडीहरुको प्रशिक्षणको अवस्था र समस्याका वारेमा बुझेका थिए ।
सो अवसरमा उनीहरुले आफ्नो नगर पालिकाको क्लबले ए डिभिजन यात्रा तय गर्नु पर्ने भन्दै शुभकामना समेत दिएका थिए।
टोखा नगरपालिकाको भुतखेल मैदानमा खेलाडीहरु प्रशिक्षणमा रहेका छ्न।
तपाइँको प्रतिक्रिया ।