तेक्वान्दो खेलाडी राजुलाई मनार्थ कोरियन नागरिकता

काठमाडौं÷ दक्षिण कोरियाको राजधानी सोल नगरपालीकाद्वारा राजु छेत्रीलाई मनार्थ नागरिक दिएर सम्मान गरेको छ । छेत्रीलाई २८ अक्टोबरमा दक्षिण कोरियाको राजधानी सोल महानगरपालीका मेयर पार्क वोन सुनले नागरिकता हस्तान्तरण गरेको राष्ट्रिय तेक्वान्दो युनियन नेपालका महासचिव राजकुमार कार्कीले कपन अनलाइ लाइ बताए ।
2013-10-28 19.18.29
सो नागरिकता हस्तान्तरण समारोहमा नेपाली दुतावासका उपनियोग राजाराम बतौला र कल्पना छेत्रीको उपस्थिति थियो । छेत्रीले दक्षिण कोरियाको सिओल नगरपालिकामा खेलकु्द समाजसेवा, सस्कृतिमा योगदान गरेकोमा कदर गर्दै मानार्थ नागरिकताबाट सम्मान गरेको ब्ताइएको छ । राजु छेत्री चौथो कोरिा खु्ला प्रतियोगिताका स्वर्ण विजेता हु्न् ।

उनी कोरिया तेक्वान्दो संघका अन्तर्राष्ट्रिय रेफ्री, ५ डान ब्ल्याकवेल्ट प्राप्त क्षेत्रीले प्रथम विश्व पुम्से, यु्एस ओपनलगायत ४ दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिसकेका छन् । उनी विश्व तेक्वान्दो महासंघ, विश्व तेक्वान्दो कुकिवान, कोरिया ओलम्पिकबाट सम्मानित भइसकेका छन् । उनी एनआरएन कोरिाका सल्लाहकार तथा पुर्व उपाध्यक्ष हुन् । उनको कोरियाको सोलमा आफ्नो नीजि रेष्टुराँ रहेको छ ।

तपाइँको प्रतिक्रिया ।