कपनमा मध्यमाञ्चल खेलकुद विकासको भेटघाट तथा चियापान कार्यक्रम

DSC_0210कपन अनलाइनकपनमा एमाओवादी कार्यकर्ताको रुपमा चिनिएका राजुकुमार कार्कीे मध्यमाञ्चल खेलकुद विकास समितिका प्रमुख पनि हुन् । राजकुमार प्रमुख भएको मखेविसले आज कपनमा एक कार्यक्रम आयोजना गरी शुभकामना आदनप्रदान गर्यो । तिहारको पूर्वसन्ध्यामा आयोजित भेटघाट तथा चियापान कार्यक्रमले क्षेत्र नं. ४ को चुनावी अभियानले व्यापकता पाइरहेको बेला भएकोे एमाओवादीलाई सहयोग पुर्याएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामालाई कार्यक्रममा प्रमुख अतिथि बनाइएको थियो भने स्कूलमा मार्शलआर्ट सिक्ने विद्यार्थीहरुको बीचमा एमाओवादी कार्यकर्ता कार्यक्रमका दर्शक दीर्घामा थिए ।

 

कार्यक्रम खेलकुदसँग सम्बन्धित भए पनि शुभकामना मन्तव्यको मुख्य लक्ष्य पासाङलाई जिताउनतिरै लक्षित थियो । कार्यक्रममा एमाओवादीका क्षेत्र नं. ४ चुनाव प्रचारप्रसार समितिका संयोजकले त पासाङलाई भोट नै मागे । प्रमुख अतिथि युवराज घिमिरेले भने नेपाली खेलकुद तथा खेलाडीका विषयमा आफ्नो मन्तव्यलाई सिमित पारेका थिए । कार्यक्रममा राजकुमार कार्कीले खेलकुदको विकासमा आफू सक्रिय रहेको बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।