भगवती युवा क्लबको १३ औं साधारणसभा तथा आजीवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

भगवती युवा क्लबको १३ औं साधारणसभा तथा आजीवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पुस ७।  गोकर्णेश्वर नगरपालिका – ९ शंखडोल स्थित भगवती युवा क्लबले आफ्नो १३ औं साधारणसभा तथा आजीवन सदस्य सम्मान कार्यक्रम गरेको छ।  प्रतिनिधि सभा सदस्य कृष्ण  राइको  प्रमुख आतिथ्यतामा पौष ५ गते शनिबार भगवती युवा क्लब डोजो हलमा  सम्पन्न भएको हो ।

 उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल नेकपा नेता टि आर नेपाल ,गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा सदस्य लगायत भगवती युवा क्लबका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो कार्यक्रमको अध्यक्षता भगवती युवा क्लबका अध्यक्ष शिबराम कारंजितले गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य सहित क्लबका अध्यक्ष शिवराम कारंजितले सभाध्यक्षको आसन ग्रहण गरेका थिए। कार्यक्रममा आर्थिक बर्ष २०७५/७६को प्रगति प्रतिबेदन क्लबका सचिव सुमन ताम्राकारले प्रस्तुत गरेका थिए भने आर्थिक बर्ष २०७५/७६को आर्थिक प्रतिबेदन क्लब का कोषाध्यक्ष राम बहादुर श्रेष्ठले प्रस्तुत गरेका थिए।

कार्यक्रम का प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राइ ,गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, नेकपा नेता टि आर नेपाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

आर्थिक वर्ष  २०७६/७७ को लेखा परीक्षक नियुक्ति एबम पारिश्रमिक सम्बन्धमा समेत छलफल एबम प्रतिनिधि चयन गरिएको थियो भने दोस्रो सत्र मा बन्द सत्र रहेको थियो । ,जसमा निर्वाचन तथा कार्यसमिति चयन गरिएको थियो। नयाँ कार्य समितिमा निम्न ब्यक्तिहरु सर्वसम्मतले निर्वाचित भएका छन ।

अध्यक्षमा सन्जय बिक उपाध्यक्ष,सुशील पौडेल , सचिव अनिल भण्डारी, कोषाध्यक्ष अस्मिता श्रेष्ठ , सहसचिब कमला पौडेल  त्यसै गरि सदस्यहरूमा सरस्वती कारञ्जित, कुमार नेपाली ,लक्ष्मण श्रेष्ठ, सुशील तामाङ, सुनिता बिक,मनोज के सि चुनिएका छन्। नया कार्यसमितिलाइ कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राइ बिशेष अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल लगायतले टिका खादा लगाएर सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्षता को आसन बाट बोल्दै भगवती युवा क्लब का अध्यक्ष शिवराम कारंजितले उपस्थित सबैलाई धन्यबाद सहित नया कार्यसमितिलाइ सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए। उनले आफ्नो कार्यकालमा प्रतयक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।