परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोर्कणेश्वर द्वारा साँखु बजार क्षेत्रको सरसफाई

परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोर्कणेश्वर द्वारा साँखु बजार क्षेत्रको सरसफाई

कपन अनलाइन

काठमाडौं पौष ७। परमेश्वरको मण्डली विश्वसुसमाचार समाज गोर्कणेश्वरले शंखरापुरको साँखु बजार क्षेत्रको  सरसफाई गरेको छ । ६,२३३ औं विश्व ब्यापी बातावरण सरसफाई अभियान अन्तर्गत शंखरापुर नगरपालिकाको सहकार्यमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज,गोकर्णेश्वरले आइतबार  शंखरापुर नगरपालिकाको वडा नं. ६ र ७ अन्तर्गतको बजार क्षेत्र सरसफाइ गरेको हो ।

 सरसफाइ कार्यक्रम शुरु हुनुअघि नगरपालिकाको प्रांगणमा एक संक्षिप्त औपचारिक सभाको आयोजना गरिएको थियो ।समाजकी सदस्य गीता गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख सुवर्ण श्रेष्ठ रहेका थिए  । सभामा बोल्दै सरसफाइको दायित्व नगरपालिकाको भएकोमा त्यसमा सघाउ पुर्‍याउन र थप दायित्वबोध गराउन त्यस प्रकारको कार्यक्रम आयोजना गरिएकोमा नगर प्रमुख द्वारा आयोजक संस्थालाई कृतज्ञता ज्ञापन गरेका थिए ।

उनले सरसफाईमा नगर बासीको पनि दायित्व भएको बताउदै नगर भित्रका ठाउँहरु सफा राख्न सबैले सहयोग गनुपर्ने बताएका थिए ।सरसफाइको उद्धाटन् प्रमुख अतिथि नगर प्रमुख सुवर्ण श्रेष्ठले  फोहोर टिपेर गरेका थिए  ।उक्त समाज द्धारा विश्व भरिनै बिभिन्न समाज सेवाका कार्यक्रमहरु गर्दै आएको र यो अभियानले विश्वमा बिध्यमान रहेको बातावरण प्रदुषण रोकथाम गर्न सहयोग पुग्ने परमेश्वरको मण्डली विश्वसुसमाचार समाज गोर्कणेश्वरका सदस्य एवंम सरसफाई कार्यक्रमका सभापति गीता गिरीले बताइन।

कार्यक्रममा महानगरीय प्रहरी प्रभाग साँखुका प्रमुख गोविन्द पन्थी, वडा नं. ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ,नगरका स्वास्थ्य प्रमुख विष्णु चापागाईं,नेकपा नेता एल्. पी. श्रेष्ठ,नगरका कर्मचारी,विभिन्न विद्यालयका शिक्षक,महिला स्वास्थ्य स्वयंसेविका,सामुदायिक प्रहरी,नगर प्रहरी,पत्रकार,आयोजक संस्थाका स्वयंसेवक लगायतको उपस्थिति रहेको थियो ।करीब चार सयको संख्यामा सरसफाइकर्मीहरूले विभिन्न समूहमा विभक्त भई बजारका विभिन्न टोल,चोक,गल्ली र शालिनदी रोड सरसफाइ गरेका हुन्।सरसफाइका क्रममा संकलित फोहोरलाई ब्लु वेस्ट टु भ्यालु नामक संस्थाको सहयोगमा व्यवस्थापन गरिएको थियो ।

फोटो :नवराज गुरुङ

तपाइँको प्रतिक्रिया ।