“मेरा बा ” -उपप्रधानमन्त्री ईश्वर पोखरेल (कविता )

“मेरा बा ” -उपप्रधानमन्त्री ईश्वर पोखरेल (कविता )

कपन अनलाइन

काठमाडौँ, पुस ६ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एक कार्यक्रममा  आफ्नो रचना “मेरा बा ” शिर्षक कविता बाचन गरेर सुनाएका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले शनिबार चुनदेवी सहयोगी संस्थाको  ४२ औं वार्षिक उत्सवको अवसरमा आयोजित कविता श्रवण कार्यक्रममा उनले कविता बाचन गरेर सुनाएका हुन् ।

यस्तो छ उनको  “मेरा बा ” कविता

मैले मेरा बा खोज्न – धेरै पटक आफ्ना दिमागका आँखा मिचे,

आँखा चिम्म पारेर प…र प..र हेर्न खोजें,

चम्किरहेका ताराहरू रचहकिलो जून नियालें ,

कहिले निष्पट्ट अध्यारो रातमा बाटो

काट्दै गर्दा

आफै अगाडि ठिंग उभिन आइपुगेको,

सलवलाउँदै गरेको – बग्दैगरेको

कालो आकृतिको सामना गरें !

तर अहँ …

बा लाई सग्लो आकारमा भने

देख्न सकिन / पाउन सकिन

मेरा बा सँधै धमिलो आकृतिमा

मेरा अगाडि उभिई रहनुभो-

आइरहनुभो !

त्यही धमिलो आकृति – मेरो बाको आकृति !

अघाउजी हेर्न खोज्छु – ठम्याउन

खोज्छु

तर दुर्भाग्य ! हेर्नै सक्तिन – ठम्याउनै

सक्तिन सल्वलाउँदै गरेको- बग्दैगरेको ध

मिलो / कालो आकृति

मेरो बा बनेर सँधै सँधै ठिंग उभिन

आइपुग्छ !

मेरा बा –

मैले तपाईंलाई सँधै सँधै यसरी नै भेट्दै आएकोछु !

बालखै उमेरमा,

मृत्यु शैय्यामा लमतन्न परेको

बाको शरिरलाई अहिले पनि सम्झन्छु !

भक्कानिएर रूँदैगरेकी मेरी आमाको

सारीको सप्कोले मुख छोप्दै

बा लाई त्यसवेला नियालेको थिएँ

तपाइँको प्रतिक्रिया ।