नेफ्स्कूनको २८औं बार्षिक साधारणसभा सम्पन्न

नेफ्स्कूनको २८औं बार्षिक साधारणसभा सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पुस ६। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को २८ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

उक्त साधारणसभाबाट चार बर्षे कार्यकालका लागि परितोष पौड्यालको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ ।

अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महासचिव १, कोषाध्यक्ष १, सञ्चालक सदस्यहरु सात प्रदेशबाट १/१ जना, महिला ३ र खुला ४ गरी १९ सदस्यीय सञ्चालक समिति र संयोजक १ सहित ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको हो ।

निर्वाचित पदहरुमध्ये बरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल, महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा दामोदर अधिकारी, कोषाध्यक्षमा दीपक पनेरु, लेखा सुपरिवेक्षण समिति संयोजकमा नवराज सापकोटा र सञ्चालक सदस्यहरुमा मन्दरा मिश्र, रिना आचार्य र विद्या कोइराला निर्विरोध  भएका छन्।

त्यसैगरी प्रदेशगत सञ्चालक सदस्यहरुमा प्रदेश नं. १ बाट गोमा नेपाल, प्रदेश नं. २ बाट हरेराम प्रसाद , प्रदेश नं. ३ बाट जिवसराज खड्का, गण्डकी प्रदेश बाट कमलादेवी गिरी, प्रदेश नं. ५ बाट सन्दिप सापकोटा, कर्णाली प्रदेशबाट यज्ञ प्रसाद ढकाल, सुदुर पश्चिम प्रदेशबाट माधव प्रसाद जोशी निर्विरोध भएका छन्। । साथै लेखा समिति सदस्यहरुमा शुसिल कुमार बस्नेत र सुभद्रादेवी महतो निर्विरोध भएका छन्। ।

अध्यक्ष पद र सञ्चालक चार सदस्य खुला पदका लागि निर्वाचन आयुक्त अधिबक्ता रामचन्द्र सिंम्खडाको संयोजकत्वमा शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा परितोष पौड्याल, खुला पदमा घनश्याम अधिकारी, न्हुछे नारायण श्रेष्ठ, जनक खत्री र चण्डी प्रसाद शर्मा पौडेल निर्वाचित भएका छन्।।

अध्यक्ष पदमा निर्वाचित परितोष पौड्याल ११५६ मत प्राप्त गरी बिजयी भएका हुन् भने सोही पदका प्रत्यासी दिपक थापाले २६५ मत प्राप्त गरेका थिए ।

चार खुला सञ्चालक सदस्य पदमा चण्डी प्रसाद शर्मा पौडेलले १२८०, घनश्याम अधिकारीले १२७९, न्हुछे नारायण श्रेष्ठले १२१५ र जनक खत्रीले १२१३ मत ल्यायी विजयी  भएका छन्। खुला पदका प्रत्यासी मनमोहन शर्माले ३१८ र जगनाथ प्रजापतीले २७्र५ मत प्राप्त गरेका छन् ।

संघमा आबद्ध सदस्यहरुमध्ये नविकरण भएका कुल २८२७ संस्थाबाट १८६५ प्रतिनिधिको उपस्थिति रहेको थियो ।

निर्वाचन विद्युुतीय भोटिङ मेसिनबाट सम्पन्न भएको थियो ।

फोटो सौजन्य:नेफ्स्कून  खबर

तपाइँको प्रतिक्रिया ।