दोश्रो त्रि–ज्योति अन्डर १६ फुटबल कपमा त्रि ज्योति ए बिजयी

दोश्रो त्रि–ज्योति अन्डर १६ फुटबल कपमा त्रि ज्योति ए बिजयी

कपन अनलाइन

काठमाडौँ ,पौष ५।

दोश्रो त्रि–ज्योति अन्डर १६ फुटबल कप अन्तरर्गत आज ह्याण्डबल चौरमा कौत्सुभ एकेडेमी र भेनस पब्लिक स्कुलबिच भएको पहिलो क्वाटर फाईनलमा खेलमा कौत्सुभ २–१ गोल अन्तरले विजयी भएको छ ।

त्रि–ज्योति ए र सारदा एकेडेमीबिच भएको दोश्रो क्वाटर फाईनलमा त्रि–ज्योतिले २–० ले पराजित गरेको थियो । त्यसैगरि बाग्मती र सेभ एकेडेमिबिच भएको तेस्रो खेलमा ४–३ गोल अन्तरले बाग्मती पराजित भयो ।

ग्रिनविच र तिरुपति बिच भएको चौथो खेलमा तिरुपतिले ५–३ को गोल अन्तरले जित हात पार्न सफल भएको थियो ।

ह्याण्डबलमा भएको  त्रि–ज्योति र तिरुपतिबिच भएको सेमिफाईनल खेलमा २–१ गोल अन्तरले त्रि–ज्योति विजयी भएको छ । उक्त खेलमा त्रि–ज्योतिका जर्सि नं ९ सोनाम शेर्पाले १ गोल गर्न सफल भएका थिए भने जर्सि नं ७ का समिर राईले १ गोल गर्न सफल भएका थिए ।

तिरुपतिकालागि त्रि–ज्योतिकै गोल रक्षक मेख बहादुर मगर (विशाल)ले आत्मघाति गोल गरे । त्यसैगरि दोश्रो सेमीफाईनल खेलमा कौत्सुब एकेडेमी र सेभ एकेडेमीबिच भएको खेलमा १–१ मा समापन भएको थियो ।

नतिजा निकाल्न खेलाईएको पेनाल्टी खेलमा कौत्सुभले ५–३ गोलले जित हात पारेको थियो ।फोटो सौजन्य :परिवर्तन खबर

तपाइँको प्रतिक्रिया ।