नारी !
कपन अनलाइन
काठमाडौं, पुस ४/दुर्गा रिमाल, अधिकारी/ कविता
नारी कोमल हो मिजास घरको साँचो सबै सुम्पिने
नारी बेगर हुन्न शान नरको त्यो वास रित्तो हुने
नारी फूल बनी सुवास घरमा फैलाउँदै बस्दछै
नारी हो सरिता बहाब जलको बग्ने उही जोडले
नारीका मनमा अथाह करुणा जागे सबै जाग्दछ
नारीमा गुनिला सुबोध रसिला जम्मै कुरा अट्दछ
नारी हुन्न यसै कबीर पथको बाटो सबै भुल्दिए
नारी बन्न सिपालु याचक बनौं माग्ने कुरा भैदिए
नारी पर्वत पार्वती सँगसँगै सँगसँगै डुल्छे र अग्लो बनी
नारी जीवन नारकीय नभई चम्की बनोस् चाँदनी
नारी लेखक हो सुकोमल सिधा आधार हो भाग्यको
नारी सृष्टि विधान सर्जक उनै सग्लो सखी आर्तको
नारी सेवक राग द्धेष उपमा छैनन् उनी दाँजिने
नारी द्धोतक हुन् सहिष्णु मनको सम्पूज्य आराध्यले
नारी जीवन फुल्न सक्छ यसरी रोप्ने जरा भैदिए
नारी जीवन झैं हँुदैन नरको सौन्दर्य व्यर्थै हुने
(कलंकी –१४)