कपन अनलाइन
काठमाडौं, पुस ४ । बुढानीलकण्ठ नगरपालिकामा समुदाय प्रहरी पालिका समिति, बुढानिलकण्ठ नगरपालिकाको आयोजना तथा प्रहरी प्रधान कार्यालय विपद व्यवस्थापन महाशाखा सामाखुसीको सहकार्यमा विपद व्यवस्थापनको पूर्व तयारीको विषयमा प्रयोगात्मक अभ्यास सहितको प्रर्दशनी कार्यक्रम सम्पन्न गरिएको छ।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख तथा समुदाय प्रहरी पालिका समिति बुढानीलकण्ठका संयोजक उद्धब प्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रम बुनपाको नवनिर्मित भवनको परिसरमा भएको थियो।
कार्यक्रम बुनपाका प्रहरी निरिक्षक भुपेन्द्र गिरीको पहलमा भएको हो। कार्यक्रममा समुदाय प्रहरी पालिका समिति (बुनपा) का सह-संयोजक एवं नगर उप-प्रमुख रमादेवी राईका साथमा बुढानीलकण्ठ नगरपालिकाका प्रशासकिय अधिकृत कुमार कोईरला, प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुसीका प्रहरी नायव उपरिक्षक प्रभू ढकाल, समुदाय प्रहरी पालिका समितिका सह-संयोजक एवं महानगरीय प्रहरी परिसर सामुदयिक शाखा काठमाडौँका प्रमुख प्र.ना.उ राजेन्द्र पोखरेल लगायतका अतिथिको उपस्थिति रहेको थियो।
आगोका कारण उत्पन्न हुनसक्ने सम्भावित घटनहरुका लागि कसरी तयारी अवस्थामा रहनुपर्ने र यसका बारेमा विभिन्न खालका जानकारीहरु प्रदान गरिनुका साथै विपद व्यवस्थापनको पूर्व तयारीको विषयमा प्रयोगात्मक अभ्यास सहितको प्रर्दशनी गरिएको थियो।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुसीको प्रहरी निरिक्षक चतुर्भज ओझाको समुहद्वारा गरिएको उक्त जानकारीमूलक प्रदर्शनी मार्फत आगो र यसको प्रकारको विषयमा प्रशिक्षण गर्नूका साथै खाना पकाउने एल.पि ग्यासको सिलिन्डर, पाईप तथा रेगुलेटरमा लाग्न सक्ने आगोलाई कसरी निभाउने?, विधुत सर्ट भएर लागेको अवस्थामा आगोलाई कसरी नियन्त्रण गर्ने?, खाना पकाउँदा कराई तथा भाँडाहरुमा लाग्ने आगो, तरल पदार्थमा लागेको आगो कसरी नियन्त्रण गर्ने?, मानिस वा कुनै जीवको जीउमा लागेको आगो कसरी नियन्त्रण गर्ने जस्ता सम्बन्धमा विविध उपायद्धारा प्रयोगात्मक रुपमा प्रदर्शनी गरिएको थियो। आयोजकको तर्फबाटको प्रदर्शनी पश्चात् कार्यक्रममा सहभागि जनाएका केही विद्यार्थीले समेतले प्रयोग गरेा थिए। साथै नगर प्रमुख उद्धव प्रसाद खरेलबाट समेत प्रयोग गरिएको थियो।
कार्यक्रममा महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठको कार्यालय प्रमूख प्रहरी निरिक्षक भुपेन्द्र गिरीले स्वागत तथा कार्यक्रमको उद्देश्य प्रकास पारेका थिए। कार्यक्रममा अतिथिका रुपमा उपस्थित रहेका प्रहरी नायव उपरिक्षक प्रभु ढकालले विपद् व्यवस्थापन महाशाखाले समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुसार स्थानिय स्तरमा यस्ता कार्यक्रमहरू गर्दै आइरहेकोमा यस कार्यलाई अझै प्रभावकारी बनाउन सकिने बताए। साथै यस खालका महत्वपुर्ण कार्यहरुलाई अझै समाजका विभिन्न निकायसम्म पुर्याउन सकिने र अझै प्रवभाकारी बनाउन सकिने भनाई व्यक्त गरेका थिए।
सभाअध्यक्ष एवं समितिका संयोजक तथा नगरप्रमुख उद्धव प्रसाद खरेलद्वारा विद्यार्थी वर्गलाई लक्षित गर्दै आयोजना गरीएको यस कार्यक्रम कक्षाको ठाभित्र रहेर सिकिइने शिक्षा जत्तिकै मह्वपुर्ण रहेको बताएका थिए। साथमा विद्यालय स्तर लगायत विभिन्न व्यक्तिहरुले नसिकि नहुने पाठको रुपमा रहेको यस कार्यक्रममा सहभागि भएकोमा उपस्थित सबैमा बधाई ज्ञापन गरेका छन्। साथै यस खलका कार्यक्रमहरुलाई फेरिपनि नगरका अन्य स्थान तथा निकायहरुमा समेत समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा मञ्जरी सेकेण्डरी स्कूल, भक्ति ईन्टरनेशनल एकेडेमी, टीआइए स्कूलका विद्यार्थी, समुदाय प्रहरी पाललिका समिति, वडा समिति ,टोल समिति, विद्यालय सम्पर्क समिति तथा सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा सदस्यहरु, स्थानीय पत्रकार, स्थानीय भद्रभलाद्मीहरु लगायत करिव ३०० जनाको उपस्थिति रहेको थियो। कार्यक्रम करिव दिउँसो १२:०० वजे देखि १:४५ बजे सम्म संचालन गरिएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरु स्वयंले पनि यस किसिमका जानकारी तथा सन्देशमुलक कार्यक्रममा सहभागिता जनाउन पाउँदा धेरै विषयहरु बारे जान्ने मौका पाएको बताएका छन्।
उक्त अभ्यासबाट विपदको बेला हामी आफैंंले पनि प्राथमिक उपचार लगायत जोखिमको बेला सावधानीका बारे अपनाउनु पर्ने विषय प्राक्टिकल्ली गर्न पाउँदा थप जानकारी हासिल गरेको एक छात्रा बताउँछिन् ।
फोटो सौजन्य: बिएसजी