सक्रिय पेशलको सक्रिय टिम , सरस्वती नगरसुधार संघ निर्वाचन

सक्रिय पेशलको सक्रिय टिम , सरस्वती नगरसुधार संघ निर्वाचन

कपन अनलाइन

काठमाडौँ, पुस ३। सक्रिय पेशलको सक्रिय टिम , सरस्वती नगरसुधार संघ निर्वाचन पौष ५ गते हुने सरस्वतीनगर सुधारसंगको निर्वाचनका लागि पेशल कुमार पहाडीले आफ्नो प्यानल सहितको उम्मेदवारी सार्वजनिक गरेका छन ।

हाम्रो टोल, हाम्रो शहर , समृद्ध र सुखी सरस्वतीनगर भन्दै मतदानका लागि टोलवासी संग अनुरोध गरेका छन । पेशल पहाडी अध्यक्ष रहेको प्यानलले एक कार्यक्रमका विच आफ्नो प्रतिवद्धता पत्र पनि सार्वजैनिक गरेको छ ।

उनहरुले सार्वजैनिक गरेको प्रतिवद्धतामा छ महिनामा निशुल्क स्वास्थ शिविर तथा , रक्तदान कार्यक्रमको आयोजना गर्ने । सुविधा सम्पन्न पुस्तकालयको निर्माण गरी सरस्वती नगरलाई बौद्दिक र प्राज्ञिक किरियापुत्री भवनलाई अझ व्यवस्थित बनाई पितृमोक्ष कार्य गर्र्ने आउने नागरीकहरुलाई थप सुविधाहरु उपलब्ध गराउने  लगायत स्थानीयहरुलाई घरेलु उद्योग, कौशी खेती लगायतका कार्यहरुमा स्वभलम्वन बनाउने विविध कार्यक्रमहरुको आयोजना गर्ने, टोल भित्रको सुरक्षा तथा युवा संग सरोकार राख्ने हरेक गतिविधिहरुलाई सक्रियतापूर्वक स्थापित गराउन पहल गर्ने साथै महत्वपूर्ण रुपमा विकास निर्माण कार्यहरुमा वडा कार्यालय , प्रदेश सरकार र संघिय सरकार संग मासिक तथा त्रैमासिक भेटघाट तथा दबाव मुलक कार्यक्रमहरु सञ्चालन गरेर सरस्वती नगरलाई एक सभ्य, सुस्कृत र हेर्न योग्य टोलका रुपमा विकसित गर्ने योजना सार्वजैनिक गरेका छन ।

सामाजिक कार्यमा निरन्तर सक्रिय रहने पेशल पहाडी र उनको नेतृत्वले नै आगमी निर्वाचनमा जित्नुपर्ने स्थानीयहरु बताउछन । टोल भित्रका हरेक गतिविधिमा उत्तिकै सक्रिय रहने पेशलको नेतृत्वलाई निर्वाचन जिताउनका लागि स्थानियहरु नै लागिपरेका छन ।

तपाइँको प्रतिक्रिया ।