शंखरापुरमा साँस्कृतिक ग्रामका लागि पूर्व प्रधानमन्त्रीसँग छलफल
कपन अनलाइन
काठमाडौँ,पुस२।लक्ष्मण शेषको नेतृत्वमा कुमार बस्नेत सहितको कलाकारहरुको टोलीले
यही मंसिर २५ गते काठमाडौँ क्षेत्र नं. २ का सांसद एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग अन्तरक्रियात्मक छलफल गरेको छ ।
सो अवसरमा नेता नेपालले यस अभियानमा आफ्नो साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुका साथै आवश्यक विभागहरुमा सम्पर्क गर्न र कानुनी बाटोबाट उक्त अवधारणा शंखरापुर नगरपालिकाभित्रै लागु गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले सो कुराको जानकारी भोलिपल्ट मंसिर २६ गते जोरपाटी साँखु सडकखण्डको अनुगमनका क्रममा शंखरापुर नगरपालिकाको हलमा भएको अन्तरक्रियामा समेत बताएका थिए ।
उनले सो कार्यक्रममा साँस्कृतिक ग्राम बनाउने अभियानको प्रसंशा गरेका थिए ।
फोटो सौजन्य: लाबण्य संदेश
तपाइँको प्रतिक्रिया ।