सप्ताहव्यापी स्वयम्भू संस्कृतिक कार्यक्रम हुने
कपन अनलाइन
काठमाडौं, पुस १ ५ ।समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका १५ नं वडा समितिको आयोजनामा सप्ताहव्यापी स्वयम्भू संस्कृतिक कार्यक्रम हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा उद्घाटन हुने सो सप्ताहव्यापी संस्कृतिक कार्यक्रम मिति पुस १६ बुधबारदेखि पुस २२ गते मंगलबारसम्म भुईखेलचौर स्वयम्भूमा हुने भएको हो ।
नेपाल सरकारको आह्वानमा नेपाल भ्रमण बर्ष २०२० कार्यक्रम प्रबर्द्धन गर्न गरिएको उक्त कार्यक्रममा विविधसांस्कृतिक कार्यक्रम सहित फुड फेस्टिवल र घरेलु तथा हस्तकला प्रदर्शन गरिने आयोजकले बताएको छ।
उक्त कार्यक्रममा सभागी भइदिनुहुन आजोजकले समबन्धित सबैलाई अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।