चुनावी अभियानमा व्यस्त छन् पासाङ, भोलि आमसभा तथा पार्टी प्रवेश कार्यक्रम

pasang 5कपन अनलाइनअत्यन्त प्रतिस्पर्धात्मक मानिएको काठमाडौं क्षेत्र नं. ४ को चुनावी अभियानका प्रचारप्रसारमा एमाओवादीका नन्दबहादुर पुन पासाङ अरु उम्मेदवारभन्दा अगाडि देखिएका छन् । महानगरपालिकाको वडा नं. ८ मा व्यस्त घरदैलो गरिरहेका पासाङ र उनका कार्यकर्ताहरुलाई जनताको न्यानो माया पाइरहेको कपन वाइसिएल प्रमुख भरत धितालले कपन अनलाइनलाई बताएका छन् । आज गौशाला तथा पिंगलास्थानमा उनको घरदैलो चलिरहेको छ भने हिजो वडा नं. ८ कै पशुपति एरियामा घरदैलो कार्यक्रम भएको थियो । उम्मेदवार वडा नं. ८ मा व्यस्त घरदैलो गरिरहँदा पनि एमाओवादी कार्यकर्ता क्षेत्र नं. ४ को सबै गाविस र वडामा प्रचारप्रसार तथा घरदैलोमा व्यस्त छन् ।

 

pasang2भोलि महांकालमा विशेष आमसभा पार्टी प्रवेश कार्यक्रम

बिभिन्न पार्टी छाडेर एमाओवादी प्रवेश गर्ने सिलसिलामा भोलि कर्तिक ९ गते क्षेत्र नं. ४ अन्तर्गत महांकाल गाविसमा विशेष पार्टी प्रवेश कार्यक्रम हुने बताइएको छ । सचिवालय सचिव मुरारी भण्डारीका अनुसार लोयाल्टी स्कूलका प्रिन्सिपलसहित सयौं व्यक्तिहरु पार्टी प्रवेश गर्ने कार्यक्रम रहेकोले कार्यक्रमलाई आमसभाको रुपमा परिणत गरिने भएको छ ।
क्षेत्र नं. ४ को चुनाव परिचालन समितिको संयोजकमा धर्मदत्त देवकोटा
यस क्षेत्रको चुनाव प्रचार प्रसारका लागि बनाइएको चुनाव परिचालन समितिको संयोजक केन्द्रिय सदस्य धर्मदत्त देवकोटा भएका छन् । यसै क्षेत्रको माहाँकाल गाविस निवासी देवकोटा एमाओवादी केन्द्रिय सदस्य हुन् । चुनाव परिचालन समितिको संयोजक भने उम्मेदवार नन्दबहादुर पुन पासाङ नै रहेका चुनाव परिचालन समिति सचिवालय सचिव मुरारी भण्डारीले कपन अनलाइनलाई बताए ।

 

pasang 4सञ्जय अर्याल कपनमा
कपनका चिनिएका एमाओवादी नेता सञ्जय अर्याल कपनमा नै सक्रिय हुने भएका छन् । संगठन बिस्तारका क्रममा तुलनात्मकरुपमा कमजोर मानिएको महानगरपालिकाको वडा नं. १ मा व्यस्त रहेका सञ्जयलाई कपनमा प्रचारप्रसार बलियो बनाउन ल्याइएको सचिवालय सचिव मुरारी भण्डारीले बताए । वडा नं. १  छविरमण निरौलालाई संयोजक बनाइएको पनि उनले जानकारी दिए ।

 

क्षेत्र नं. ४ बाट सरु र शिखा दुवै समानुपातिकमा

क्षेत्र नं. ४ को चुनाव प्रचारप्रसारमा व्यस्त रहेको एमाओवादी नेतृहरु सरु र शिखा सामानुपातिकको सूचिमा परेका छन् । उनीहरुसँग यस क्षेत्रका कपुर श्रेष्ठको नाम पनि समानुपातिकको सूचिमा रहेको छ ।

तपाइँको प्रतिक्रिया ।