लिबेर्टी, विट्स, त्रिकोण र ग्रिनतारा स्कुल प्रथम अन्तर बिद्यालय बालकुमार मेमोरियल फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

लिबेर्टी, विट्स, त्रिकोण र ग्रिनतारा स्कुल प्रथम अन्तर बिद्यालय बालकुमार मेमोरियल फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

कपन अनलाइन

काठमाडौँ, मंगसिर २९ ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (नेसनल –प्याब्सन) गोकर्णेश्वर द्वारा स्व. बाल कुमार गुरुङको स्मृतिमा आयोजित  प्रथम अन्तर बिद्यालय बालकुमार मेमोरियल फुटसल प्रतियोगिताको दोस्रो दिनको खेलहरु सम्पन्न भएको छ । काठमाडौं जिल्लाका निजी तथा सामुदायिक बिद्यालयहरु मध्ये कुल ३९ वटा बिद्यालयका ४४ वटा टिमले सहभागिता जनाएको उक्त प्रतियोगिता  बिहिबार बाट  ब्राइट जोन स्कुलको फुटसल मैदान जोरपाटी नयाबस्तिमा सुरु भएको हो।

शैक्षिक ज्ञान र शिप बिकासको साथ साथै खेल कौशलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको बिकास गर्नुको लागि अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउनुको साथै स्व बाल कुमार गुरुङले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाइ स्मरण गर्दै उनको स्मृतिमा उक्त प्रतियोगिता आयोजना  गरिएको हो।प्रतियोगिताको तेस्रो  दिन अर्थात् शनिबार क्वाटर फाइनलक खेलहरु सम्पन्न भएका छन् ।

शनिबार भएको क्वाटरफाइनल खेलमा  लिबेर्टी एकेडमीले नेप्स एकेडेमी लाइ १-३ ले , त्रिकोण एकेडेमीले वर्ल्ड युथ इन्टरनेसनल स्कुललाइ  लाइ १-५ ले पराजित गरेको थियो भने  ग्रिनतारा स्कुलले गोकर्ण लाइट स्कुललाइ ३-६ ले र विट्स एकेडेमीले इस्टपोल स्कुललाई २-६ गोल अन्तरले हराउदै सेमी फाईनलमा प्रबेश  गरेका छन् । आइतबार लिबर्टीले अब फाइनल प्रवेशका लागि विट्स एकेडेमीसँग खेल्नेछ भने त्रिकोणले अब फाइनल प्रवेशका लागि  सेमिफाइनलमा ग्रिनतारा स्कुलसँग खेल्नेछ ।प्रतियोगितामा म्यान अफ द म्याच घोसित हुनेहरुलाई नेसनल प्याब्सन गोकर्णेश्वर अध्यक्ष एबम बिपुल शिक्षा निकेतनका प्रिन्सिपल मोहन अधिकारी लगायतले मेडल प्रदान गरेका थिए ।

प्रतियोगितामा प्रथम दितीय, तृतीय तथा उत्कृष्ट खेलाडीहरुलाई ट्रफी मेडल प्रमाण पत्र प्रदान गरिनेछ ।कक्षा ८ सम्मका ४ फिट १० इन्च उचाई भएका १३ बर्ष सम्मका खेलाडीहरुलाइ प्रतियोगितामा समाबेश गरिएको  छ भने प्रतियोगितालाइ सफलता पुर्वक सम्पन्न गर्नको लागि गोकर्णेश्वर नगरपालिका, भेनस नेसनल कलेज, इष्ट पोल इन्टरनेसनल कलेज, संजीवनी पब्लिकेसन , शुभारम्भ पब्लिकेसन , पी एस एल फाइबर ग्लास, युनिक पब्लिकेसन ,छहारी बुक्स एण्ड स्टेसनरीको सहयोग रहेको  साथै प्याब्सन  गोकर्णेश्वर नगर कमिटिको पनि साथ रहेको  आयोजकले बताएको छ  ।मंगसिर २९ गते नै फाइनल खेल खेलाइनेछ ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।