थानकोट जेसिजमा नयाँ नेतृत्व

थानकोट जेसिजमा नयाँ नेतृत्व

कपन अनलाइन 

काठमाडौं मंगसिर २९। थानकोट जेसिजले २०२० का लागि नयाँ नेतृत्व चयन गरेको छ । थानकोट जेसिजको २० औं शाखा अधिवेशन तथा सधारण सभाले मनोज श्रेष्ठको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो । सभावाट कार्यकारी उपाध्यक्षवाट सञ्चाकर्मि समेत रहेका रोसन दानीलाई कानुनी सल्हाकारमा मनोनित गरेको छ । त्यस्तै महासचिवमा पुर्णिमा थापा कोषाध्यक्षमा सावन महर्जन सभावाट मनोनित भएका हुन् भने कार्यकारी उपाध्यक्षमा विशाल शाही, विराज शाही, उपाध्यक्षमा भुवन गिरी, एलिना महर्जन विपना बस्नेत, राउल गोपाली निर्वतमान अध्यक्ष राज गोपालीलाई चयन गरिएको छ ।

 

कार्यक्रममा थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्द दास अमात्यले निर्वाचित सवैलाई अविर र खादाले स्वागत गरेका थिए । कार्यक्रममा वोल्दै थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्यले देशको विकास रुपान्तरणमा जेसिज अभियानले पुयाएको योग्दानको वारेमा चर्चा गर्दे युवाहरुको नेतृत्वदायी भुमिकामा थानकोट जेसिजको भुमिका अतुल्नीय रहने वताए । नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष मोहन लाल डाँगीले निर्वाचित प्रदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिर्दे युवाहरुको उर्जावान समय राष्ट्रको हितमा लगाउनु पर्ने बताए । व्यक्तिको दक्षता सिप र कलालाई तिख्र्रादै नेतृत्व र व्यत्तित्व विकासमा सवै युवाहरुले सशक्त रुपमा लान सकेको खण्डमा मात्र राष्ट्रले सहि र असल नेतृत्व पाउनेमा कुनै शङ्का नरहने उनको जिकिर थियो ।

तपाइँको प्रतिक्रिया ।