गोकर्णेश्वर नगरपालिका र अमेरिकाको अर्भिग सिटि बीच सिस्टर सिटि सम्बन्ध स्थापनार्थ महत्वपूर्ण भेटघाट सम्पन्न

गोकर्णेश्वर नगरपालिका र अमेरिकाको अर्भिग सिटि बीच सिस्टर सिटि सम्बन्ध स्थापनार्थ  महत्वपूर्ण भेटघाट सम्पन्न

कपन अनलाइन

अमेरिका,मंगसिर २८ । ।संयुक्त राज्य अमेरिकामा नेपलिज अमेरिकाल च्याम्बर अफ कमर्स ,डालस टेक्सासको संयोजन र सिटि अफ अर्भिंग तथा अर्भिंग लास कोलिनस च्याम्बर अफ कमर्सको  निमन्त्रणालाई स्विकार गर्दै गोकर्णेश्वर नगरपालिका  वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदी वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल र प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारी सहितको टोलीलाई शुक्रबार सिटि अफ अर्भिंगले बिशेष सम्मानका साथ् स्वागत गरेको  थियो।  अमेरिकाको शहर टेक्सासको सिटि अफ अर्भिग र नेपालको गोकर्णेश्वर नगरपालिका बीच सिस्टर सिटि सम्बन्ध स्थापनाको लागि गोकर्णेश्वर नगरपालिकाको तीन सदस्यीय प्रतिनिधिमण्डल यतीखेर अमेरिकामा रहेको छ ।

 

सो भ्रमणको क्रममा गोकर्णेश्वर नगरपालिका  वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदी वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल र प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारी सहितको टोलीले अर्भिंग शहरमा रहेको महत्वपूर्ण कार्यलयको अवलोकन गर्नुको साथै फोहोर मैला व्यवस्थापन प्रहरी सुरक्षा ,शुद्द खानेपानीको उचित व्यवस्थापन तथा अग्नि नियन्त्रण दमकल सहित आपतकालीन र जोखिम न्यूनीकरण सुबिधाको बारेमा समेत जानकारी लिएका थिए  ।

भ्रमणको अन्तिम दिन  आयोजना गरिएको परिचय तथा सम्मान कार्यक्रममा आयोजक तथा सहभागीहरुले धन्यवाद ज्ञापन ब्यक्त गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारीले  सिटि अफ अर्भिंगको न्यानो आथित्यताको लागि आफु ऋणी भएको बताउदै नगरपालिकाका लागि आवश्यक बिषय बस्तुमा धेरै सिक्ने अवसर मिलेको बताएका थिए । कार्यक्रममा सिटि अफ अर्भिंगका मेयर रिक् स्टोफ़रले प्रतिनिधि मण्डललाइ स्वागत गर्दै गोकर्णेश्वर नगरपालिका संग थप सम्बन्ध विस्तारका लागि आफु इच्छुक रहेको पनि बताएका थिए ।कार्यक्रममा मेयर सहित ८ काउन्सिल मेम्बरहरु, सिटि अफ अर्भिंगका प्रहरीप्रमुख र सिटि अफ अर्भिंगका  प्रमुख  प्रबन्धकहरु  अर्भिंग लस कोलिंस च्याम्बर अफ कमर्सका प्रतिनिधिहरु ,नेपलिज –अमेरिकन च्याम्बर अफ कमर्सका प्रतिनिधिहरु सहित स्थानीयको सहभागिता रहेको थियो।

 कार्यक्रममा सिटि अफ अर्भिंगका मेयर रिक स्टोफ़र लगायत सम्पूर्ण काउन्सिल मेम्बरहरुलाई नेपाल भ्रमण वर्ष २०२०मा नेपाल भ्रमणको औपचारिक निमन्त्रण समेत गरेको थियो भने गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे द्वारा प्रेषित औपचारिक पत्र सिटि अफ अर्भिंग नगरका प्रमुख रिक् स्टोफ़रलाइ हस्तान्तरण गरिएको थियो । सोहि क्रममा  अर्भिंग नगर प्रुख लगायत सम्पूर्ण काउन्सिल मेम्बरहरु तथा शहरका प्रमुख अधिकारीहरुलाई भ्रमण वर्षा २०२०का बारेमा जानकारी सहित नेपाली टोपी तथा अन्य उपहारहरु समेत  प्रदान गरिएको थियो।

गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले  मेयर स्टोफरका लागि बुद्धको बिशेष मुर्ति उपहार स्वरुप प्रदान गरेका थिए । गोकर्णेश्वर नगरपालिका र  अमेरिकाको सिटि अफ अर्भिंग बीच सिस्टर सिटिको सम्बन्ध स्थापनार्थ शुरु गरिएको भेटघाट पश्चात सिटि अफ अर्भिंगको टोलि सन् २०२०को समरमा नेपालको भ्रमण गर्ने योजना रहेको बताइएको छ ।

  सौजन्य: यु एस खबर.कम

 

 

तपाइँको प्रतिक्रिया ।