चन्द्रागिरी नगरपालिका- १४ मा झुन्डिएको अबस्थामा शव फेला
कपन अनलाइन
काठमाडौं, मंसिर २७। चन्द्रागिरी नगरपालिका वडा नं – १४ नैकाप बानिया गाँउ स्थित झाडिमा झुन्डिएको अबस्थामा आज एक अधबैशे उमेरको शब फेला परेको छ।
स्थाई घर रामेछाप बताउने अन्दाजी ४०-४५ बर्षको ज्यामी कामदार बाबुराम लामा चन्द्रागिरी नगरपालिका वडा नं – १४ नैकाप स्थित सन्तबहादुर महर्जनको घरमा बिगत ६/७ बर्ष देखि बस्दै आएको र यो अबधी सम्म उस्को कुनै परिवार सङ्ग भेटघाट नभएको,त्यहाँका स्थानीय बासीले एक्ले बुढा भन्ने उपनाम दिएको उक्त ब्यक्तीले झुन्डिएर आत्महत्या गरेको स्थानियले बताए।
शव परीक्षणका लागि टिचिङ हस्पिटल पठाइ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
फोटो सौजन्य : रोशन दानी
तपाइँको प्रतिक्रिया ।