भेनस कलेजले ब्याचलर कार्यक्रमको बारेमा बिद्यार्थीहरुलाई जानकारी दिन ओरेन्टेसन कार्यक्रम सम्पन्न गर्यो

भेनस कलेजले ब्याचलर कार्यक्रमको बारेमा बिद्यार्थीहरुलाई जानकारी दिन ओरेन्टेसन कार्यक्रम सम्पन्न गर्यो

कपन अनलाइन

काठमाडौं मंगसिर २३।  गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल बेसिगाउमा संचालित भेनस नेसनल कलेजले ब्याचलर कार्यक्रम संचालन गरेको छ।  ब्याचलर तर्फको ब्याचलर इन बिजनेस स्टडिज बिबिएस प्रथम बर्षका बिद्यार्थीहरुलाई मंगसिर १८ गते ओरेन्टेसन कार्यक्रम संचालन गरेको थियो। भेनस कलेजले एम टु एम अर्थार्त मन्टेश्वरी देखि मास्टर्स सम्मको अवधारणा अन्तर्गत ब्याचलर लेभेलको पठनपाठन यसै शैक्षिक सत्र देखि संचालन गरेको हो ।

स्नातक तहमा विविएस ,बि एच एम , बि एस डब्लु , बि ए र बि एड प्रथम बर्षको कक्षा संचालन गर्न लागेको  भेनस कलेजले उच्च माध्यमीक तहमा विभिन्न विषयहरुको पठनपाठन गराउन थालेपछि आफनो कलेजका विषयमा विद्यार्थीहरुलाई जानकारी गराउन ओरेन्टेसन आयोजना गरेको वताइयो ।

कलेजको सभाहलमा सम्पन्न उक्त ओरेन्टेसन कार्यक्रममा क्याम्पस प्रमुख कृष्ण गौतम,  भेनस स्कुलका  प्रिन्सिपल नेत्र प्रसाद दाहाल , डिरेक्टर मोहन अधिकारी, भेनस स्कुलकि भाइस प्रिन्सिपल सुमित्रा राइ, पब्लिक रिलेसन अफिसर बिनित राज अर्याल ,  व्यवस्थापन संकायका हेड अफ डिपार्टमेन्ट प्रेम बस्नेत, लगायत बिद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता पेमा छिरी शेर्पाले गरेका थिए भने कार्यक्रम संचालन पब्लिक रिलेसन अफिसर बिनित राज अर्यालले गरेका थिए ।कार्यक्रममा भेनस स्कुलका प्रिन्सिपल नेत्र प्रसाद दाहालले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा नयाँ विद्यार्थीहरुलाई कलेजको अनुशासन नियम आदीका विषयमा जानकारी गराउन कक्षा सञ्चालन गराउनु पुर्व सन्ध्यामा ओरेन्टेसन् कार्यक्रम गरिएको  क्याम्पस प्रमुख कृष्ण गौतमले बताए। उनले बिद्यार्थीहरुलाई अनुसासित भइ लक्ष्य प्राप्तिको लागि अगाडी बढ्न समेत उनले आग्रह गरे।  भेनस कलेजले एम टु एम अर्थात मन्टेश्वरी देखि मास्टर्स सम्मको अवधारणा अन्तर्गत ब्याचलर लेभेलको पठनपाठन यसै शैक्षिक सत्र देखि संचालन गरेको पनि बताए। नेपालमा अध्ययन र कामबीचको तालमेल नमिल्दा कतिपय विद्यार्थी करीअरमा बाधा पुगेको बताउदै उनले  उच्च शिक्षा योग्यता र करीअरकै प्रवेशद्वार भएको बताए  ।  उनले भने तर अवसर नपाउँदा भने धेरैमा निराशा सृजना गरेको छ ।

परिणामस्वरूप अधिकांश युवा विदेशिने गरेका छन् । विदेशिएकाहरूमध्ये पनि पढाइअनुसारकै काम गर्न पाउने एकदम थोरै हुन्छन् ।अधिकांश विद्यार्थी १२ कक्षा उत्तीर्णपछि विदेशिनुको मुख्य कारण  धन आर्जन पनि हो । यसलाई हेर्दा उनीहरू करीयर बनाउन नभई आर्थिक सम्पन्नताको सपना पूरा गर्नतिर लागेको देखिन्छ । यद्यपि नेपालमै स्नातकका विविध विषयका छनोट र रोजगारका अवसर नभएका होइनन् भन्दै त्यई  हाल नेपालका कलेजहरूले विद्यार्थीमा सैद्धान्तिक ज्ञानसँगै व्यावसायिक शीप विकास समेत गराउँदै आएका छन् ।त्यसैलाइ मध्यनजर गर्दै भेनस कलेजले प्रविधि र व्यवसायलाई जोड दिएर पठनपाठन संचालन गर्न लागेको पनि बताए  ।

भेनस  कलेजले संचालन गरेको फ्याकल्टीमा  मेहनत र लगनका साथ अध्ययन गर्ने हो भने नेपालमै अवसर पाइने पनि बताए  । उनले बजारको  माग र विद्यार्थीको रुचिअनुसार कलेजले बीबीएसमा  विभिन्न विषय राखेका  पनि बताए ।उनले कलेज छनौट गर्दा

  •  शिक्षक (फ्याकल्टिज)को अवस्था
  • भौतिक पूर्वाधार
  • मनौवैज्ञानिक परामर्श
  • करीअर परामर्श
  • उत्प्रेरणा दिने कक्षा
  • शैक्षिक संस्थाको अघिल्लो वर्षको नतीजा
  • बसाइ र विद्यालयको दूरी
  • अध्ययनको स्वतन्त्रता
  • कलेजको नेतृत्व
  • अतिरिक्त क्रियाकलाप र बिषय पनि छनौट गर्नु पर्ने भन्दै भेनस कलेजले माथि उल्लेखित कार्यक्रममा समाबेश गरेको बताए ।कार्यक्रममा व्यवस्थापन संकायका हेड अफ डिपार्टमेन्ट प्रेम बस्नेत, डिरेक्टर मोहन अधिकारी ,अध्यक्ष पेमा छिरी शेर्पा लगायतले शिक्षाको महत्वका विषयमा चर्चा  शुभकामना मन्तब्य राखेका थिए ।

       फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।