कबड्डी : भारत र श्रीलंका भिड्ने

कबड्डी : भारत र श्रीलंका भिड्ने

कपन अनलाइन

काठमाडौं, मंसिर २३  ।

भारत र श्रीलंका १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष कडब्डीमा आइतबार फाइनलमा प्रवेश गरेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भारतले नेपाललाई ६२–२६ ले पराजित ग¥यो । हारसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । पाँच राष्ट्र सहभागी पुरुष कबड्डीमा भारत शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । उपाधिका लागि भारतले श्रीलंकासंग खेल्ने छ ।

राउन्ड रोविन लिगको अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई ३५–२० ले हराउदै समूह उपविजेताका रुपमा फाइनलमा स्थान पक्का गरेको थियो । बंगलादेशसंगै पाकिस्तानले तेश्रो स्थानमा चित्त बुझाए ।

महिलातर्फ भने नेपालले भारतसंग उपाधि भिडन्त पक्का गरिसकेको छ । सागको कबड्डीमा कुनैपनि टोली फाइनलमा पुगेको पहिलो पटक हो । फाइनल सोमबार हुने छ ।

तपाइँको प्रतिक्रिया ।