कास्कुनद्वारा आयोजित “लेखा नीति, चार्ट अफ एकाउन्ट्स र लेखा प्रारुप” अन्तरक्रिया कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं, मंसिर १९। काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा “लेखा नीति, चार्ट अफ एकाउन्ट्स र लेखा प्रारुप” अन्तरक्रिया कार्यक्रम चन्द्रागिरीमा सम्पन्न भएको छ
उक्त कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोग र चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.चन्द्रागिरिको व्यवस्थापनमा २०७६ मंसिर १८ गते चन्द्रागिरी प्यालेस संचालन भएको थियो ।
कार्यक्रममा बोल्दै चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले कास्कूनले यो नविन विषयमा कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिंदै साकोसहरुको कारोबारको एकरुपताका लागि हरेक संस्थाले अवलम्बन गर्नुको विकल्प नहरेको बताए । अभियानका यस्ता कार्यक्रमहरुको साकोसले सहकार्य गर्न पाँउदा थप उर्जा मिल्ले हुँदा आगामी दिनमा यस्ता कार्यक्रमहरुमा साथ र सहयोग रहेने बताए ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका सहकारी शाखा प्रमुख रजश खड्काले कास्कूनले यस्ता कार्यक्रमको आयोजना गरेर नगरपालिकाको कामलाई सहजता प्रदान गरेको भन्दै कास्कूनले तय गरेका साकोस सुशासनका कार्यक्रमहरुमा आवद्ध हुन अनुरोध गरेका थिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीका लागि जारी गरेको “लेखा नीति, चार्ट अफ एकाउन्ट्स र लेखा प्रारुप” विषयमा कास्कूनको रणनीतिक योजना अनुसार नीतिगत बहस पैरबी रणनीतिक उद्देश्य अनुरुप संघले जिल्लामा दोस्रो अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । “लेखा नीति, चार्ट अफ एकाउन्ट्स र लेखा प्रारुप” विषयमा सदस्य संस्थाहरुलाई सुसुचित गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न साकोसबाट १०० जना सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो ।
अन्तरक्रिया कार्यक्रम नेफ्स्कूनका अध्यक्ष डि.बी बस्नेतको प्रमुख आतिथ्यता र नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, महासचिव चन्द्र ढकाल र लेखा संयोजक दामोदर अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता कास्कूनका अध्यक्ष दिपक पनेरुले गरेका उक्त कार्यक्रम कास्कूनका संचालक एवम् कार्यक्रम तथा शिक्षा उपसमितिका संयोजक पुरुषोत्तम नेपालले संचालन गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथीहरुले साकोस, कास्कून र नेफ्स्को उद्देश्य आम नाफा–घाटाको भन्दा पनि सदस्यहरुको जिवनस्तर उकास्ने गरि कार्यक्रमहरु विकास गर्न र सुशासनमा रहनु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेफ्स्कूनका अध्यक्ष डि.बी बस्नेतले कास्कूनले सदस्यहरुलाई यो विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकोमा कास्कून अध्यक्ष दिपक पनेरु लगाएत संचालक समितिलाई धन्यवाद दिए ।
सो अवसरमा नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अनुसार सदस्यता नविकरण, तालिम शिक्षाका कार्यक्रम, प्रविधि तथा मसलन्द आपूर्तिमा कास्कूनसंग सहकार्य गर्न सदस्य संस्थाहरुलाई अनुरोध गरेका थिए। उनले स्थरीकोष, सम्पत्ती शुद्धिकरण निवारण निर्देशिका लागु गरि सुशासनमा संचालन गर्नुको विकल्प नरहेको बताएका थिए ।
अन्तरक्रिया कार्यक्रम नेफ्स्कूनका व्यवसाय विभाग प्रमूख संजयराज तिमल्सिनाले सहजीकरण गरेका थिए भने सहभागिहरुलाई कास्कूनका उपाध्यक्ष नवराज अर्यालले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रम समापनका अवसरमा बोल्दै अध्यक्ष दिपक पनेरुले कास्कूनले अघि सारेका कार्यक्रमहरुमा सदस्य संस्थाहरुको साथ निरन्तर रहने बताएका थिए। उक्त अवसरमा अध्यक्ष पनेरुले अबको साकोसले मुनाफा हिसाब गरेर मात्र बस्ने समय होइन भन्दै संस्थालाई दिगो र गुणस्तरीय बनाउन कास्कूनले तय गरेका गुणस्तर सुनिश्चितताका कार्यक्रममा सक्रिय सहभागि हुन र यस्ता कार्यक्रमहरुमा सदैब साथ र सहयोगको अपेक्षा गरेको बताएका थिए ।
कार्यक्रममा कास्कूनका व्यवस्थापक अरुण कुमार तिवारीले कास्कूनको वर्तमान अवस्था र चालु आर्थिक वर्षमा संघले संचालन गर्ने योजना तथा कार्यक्रमबारे प्रकाश पारेका थिए।