जोरपाटी-सुन्दरीजल सडक मर्मत तथा सुधारका लागि जनप्रतिनिधिको पहल

जोरपाटी-सुन्दरीजल सडक मर्मत तथा सुधारका लागि जनप्रतिनिधिको पहल

कपन अनलाइन

काठमाडौं, मंसिर १९। जोरपाटी-सुन्दरीजल सडक मर्मत तथा सुधारका लागि सरोकारवाला पक्षहरु बीच छलफल भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सो छलफलमा उक्त सडकको निर्माण यथाशीघ्र सम्पन्न गर्नको लागि सरकारद्वारा पक्षहरुबीच संघले कसरी गर्छ भन्ने विषयमा छलफल भएको थियो।

सो छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ , काठमाडौ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाल, प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नेपाल विद्युत प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, काठमाडौंका जिल्ला प्रशासन अधिकारी जीवनप्रसाद आचार्य सहितको सो बैठकले सडक विस्तार क्षेत्रभित्र रहेका घरटहरा वा अन्य कुनै पनि किसिमका पूर्वाधारहरू एक महिना भित्रमा हटाइ सक्ने निर्णय गरेको थियो भने त्यस्तै सो सडक क्षेत्रमा नेपाल दूरसञ्चारका पुलहरू व्यवस्थापन गर्दा तालहरूको पनि सँगसँगै व्यवस्थापन गर्ने निर्णय भएको थियो भने साइट क्लियर भएको सडकमा आगामी असार मसान्तभित्र कालोपत्रे सम्पन्न गर्नको लागि ठेकेदार सँग पहल गर्ने निर्णय पनि भएको थियो।

भोलि मंसिर २० गते  जोरपाटीलाई प्रस्थान विन्दु मानेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको उपस्थितिमा सडक मर्मत तथा सुधार कार्यको सुरु हुने प्रदेश सभा सदस्य रामेश्वर फुंयालले बताए।

तपाइँको प्रतिक्रिया ।