०७४ मा भएको संघ तथा प्रदेश सभाको निर्वाचन मंसिर २१ मा दोस्रो वर्ष पुग्दै छ । काठमाडौं – ३ ले पहिलो वर्षगाँठमा समेत कार्यक्रम गरेको थियो ।
फोटो सौजन्य: गोकर्ण न्यूज
कपन अनलाइन
काठमाडौं,मंसिर१६ । नेपाल कम्युनिष्ट पार्टी( नेकपा)काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ ले संद्यीय तथा प्रदेश निर्वाचन भएको दोस्रो र्नेवर्षगाँठको अवरसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको दोस्रो संघीय तथा प्रदेश निर्वाचन भएको वर्षगाँठको अवसरमा नेकपा काठमाडौ – ३ ले मंसिर २१ मा उक्त कार्यक्रम गर्ने भएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रम काठमाडौं महानगरपालिका वडा ६ वागमतीनगरमा हुने प्रतिनिधि सभा सदस्य कृष्ण राईले जानकारी दिए ।
उक्त कार्यक्रमलाई भव्य एबं सभ्य बनाउन सांसद राई र प्रदेश सांसद रामेश्वर फुँयालको उपस्थितिमा मुल आयोजक समारोह समिति बनाइएको छ । मुल समारोहको संयोजकमा डा. विदुर चालिसे चयन भएका छन भने प्रचार प्रसार संयोजकमा हरिकष्ण क्षेष्ठ रहेका छन् ।
त्यस्तै युवा परिचालन संयोजक विश्वराज श्रेष्ठ,महिला परिचालन संयोजक, शान्ती श्रेष्ठ र अतिथि सत्कार संयोजकमा रामशरण ढुङ्गानालाई चयन गरिएको छ ।
०७४ मा भएको संघ तथा प्रदेश सभाको निर्वाचन मंसिर २१ मा दोस्रो वर्ष पुग्दै छ । काठमाडौं – ३ ले पहिलो वर्षगाँठमा समेत कार्यक्रम गरेको थियो ।
फोटो सौजन्य: गोकर्ण न्यूज