१३ औं साग अन्तर्गत पुरुष भलिबलमा भारत र पाकिस्तान फाइनलमा

१३ औं साग अन्तर्गत पुरुष भलिबलमा भारत र पाकिस्तान फाइनलमा

कपन अनलाइन

काठमाडौं, मंसिर १६ । भारत र पाकिस्तान १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सेमिफाइनलमा भारतले श्रीलंकालाई २७–२५, २५–१९, २१–२५ र २५–२१ को सेटमा पराजित गर्यो । अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई २५–१५, २५–२१ र २६–२४ को सोझो सेटमा हरायो । महिलामा नेपाल र भारतले शनिबारै उपाधि भिडन्त पक्का गरिसकेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।