नेपाल टोस्टमास्टर्स दोस्रो वार्षिक डिभिजन सम्मेलन हुने
कपन अनलाइन
काठमाडौं, मंसिर १६ । नेपालका टोस्टमास्टर्सहरु दोस्रो वार्षिक डिभिजन सम्मेलन डिसेम्बर ७, २०१९ (मंसिर २१ गते शनिबार) मा हुने भएको छ ।
उक्त सम्मेलनअलफ्ट काठमाडौं, ठमेलमा बिहान ८ बजेदेखि राति ६ः३० बजे आयोजना हुने भएको हो । सम्मेलनमा नेपालभरका कर्पोरेट, व्यवसायिक संगठन र अन्य समुदायबाट करिब ३५० सदस्यहरु उपस्थित हुनेछन् ।
इभ्यालुयशन एण्ड हयुमेरस स्पीच प्रतियोगिताकमा नेपालका ६ क्षेत्रका विजेताहरुले प्रतिस्पर्धा गर्नेछन् जुन यो कार्यक्रमको मुख्य आकर्षण रहनेछ। विजेता भारतको नयाँ दिल्लीमा हुने डिस्ट्रिक लेबल प्रतियोगिताका लागि छनोट हुने छन् । प्रतियोगिता टोस्टमास्टर्स इन्टरनेशनलले तोकेको निर्देशन अनुसार आयोजना गरिएको छ ।
उक्त सम्मेलनका मुख्य वक्ता टोस्टमास्टर्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय प्रेसिडेन्ट डीटीएम, दीपक मेनन रहेका छन् । सन् २००२ मा पहिलो पटक क्लब मिटिङ्गमा आफ्नो बोल्ने क्षमतामा सहज महसुस गरेको मेनन बताउछन् । वर्षैसम्मको उत्कण्ठ संलग्नता, उल्लेखनीय मेन्टर र सदस्यहरुसँगको सम्बन्धले उनी टोस्टमास्टर्सको लिडरसीप स्तर हुदैँ, अन्तर्राष्ट्रिय बोर्ड अफ डिरेक्टर र अन्ततः २०१९–२०२० का लागि अन्तर्राष्ट्रिय प्रेसिडेन्टको भूमिका निर्वाह गर्न पुगे । उनीसँग डिस्ट्रिक डिरेक्टर जेनिफर घोष डीटीएम पनि सम्मेलित हुनेछन् । प्रत्येक वर्ष एक जना गरै–टोस्टमास्टर्सलाई उनको संचार र नेतृत्व योगदानका लागि सम्मानित गरिन्छ ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा गत वर्षका पुरस्कृत डा. स्वर्णिम वाग्ले कार्यक्रममा यसपालीको “द कम्यूनिकेटर अवार्ड” का विजेता घोषणा गर्नेछन् ।
कार्यक्रममा टोस्टमास्टर्स सदस्यहरुले आफ्नो गायन तथा सांस्कृतिक प्रतिभा प्रदर्शन गर्नेछन् ।
सन् १९९१ मा काठमाडौं टोस्टमास्टर्स क्लबाट शुरुवात भएको टोस्टमास्टर्समा सन् २०१७ सम्म पहिलो कर्पोरेट क्लब–लक्ष्मी बैंक टोस्टमास्टर्स क्लब लगायत ८ वटा क्लब मात्र थियो । त्यसपश्चात डिस्ट्रिक ४१ को हिस्सा भएकाले विगतका केहि वर्ष यता क्लबहरु विस्तारको क्रम बढ्ढो रहेको छ । बैंक, शैक्षिक संस्था, पर्यटन उद्यमी, चाटर्ड एकाउन्टेन्ट, शिक्षक, महिला, उद्यमी र अन्य कार्यरत व्यवसायी गरेर हाल ३० वटा क्लब र ८५० भन्दा बढि सदस्यहरु रहेका छन् ।
डिस्ट्रिक ४१ का क्लब ग्रोथ डिरेक्टर रंजीत आचार्य, डीटीएमले भने, “टोस्टमास्टर्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय प्रेसिडेन्टको उपस्थितिले गर्दा यो एतिहासिक कार्यक्रम हुनेछ । हाम्रा सदस्यहरुका लागि यो ठुलो शिक्षा र सञ्जालको अवसर हुनेछ र म कम्यूनिकेटर अवार्ड , इभ्यालुयशन एण्ड हयुमेरस प्रतियोगिताका लागि निकै उत्साहित छु ।”
डिभिजन ए(नेपाल), डिस्ट्रिक ४१ को डिरेक्टर सुमन शाक्य डीटीएमले भने, “साइटेशन २०१९ नेपाली टोस्टमास्टर्सहरुको लागि ठुलो सम्मेलन मात्र नभएर शिकाई र सञ्जालको माध्यमबाट आफुमा अझ निखार ल्याउन एक अर्काले सहयोग गर्ने एउटा विशेष दिन पनि हुनेछ ।”