भिमफेदी गाउँपालिका-२ बाट अवैध लागूऔषध चरेश सहित पक्राउ

भिमफेदी गाउँपालिका-२ बाट अवैध लागूऔषध चरेश सहित पक्राउ

कपनअनलाइन

मकवानपुर,मंसिर १६ । भिमफेदी गाउँपालिका-२ भैंसे चोकबाट करिब २४ किलो अवैध लागूऔषध चरेश  सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सा अमर पटेल गाउँपालिका-२ बस्ने २५ वर्षीय राजेश यादव र सोही ठाउँ बस्ने ऋषि कुमार यादव रहेका छन् । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा.२५ प ८७८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको सिट तथा ट्याङकी मुनी फल्स बटम बनाई लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक राजेश र मोटरसाइकलमा सवार ऋषिलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।