टिआइए बास्केटवल आज बाट शुरु

टिआइए बास्केटवल आज बाट शुरु

कपन अनलाइन

काठमाडौं ,मंसिर १४।

बुढानीलकण्ठ नगरपालिका वडा नं ०७ स्थित ठुङरम ईन्टरनेशनल एकेडेमी (टि.आइ.ए) ले ‘शिक्षा र खेलकुद संग-संगै जानु पर्छ’ भन्ने नारालाई चरितार्थ गर्ने उद्देश्यले विद्यार्थीहरुलाई शिक्षाका साथसाथै विभिन्न खेलहरुको प्रशीक्षण दिंदै आएको छ।

प्रशिक्षण साथै विगत १३ वर्ष देखि यस विद्यालयले अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आयोजना गरिरहेको ईतिहास पनी छ र त्यसै क्रमलाई निरन्तरता दिदै यस वर्ष पनी  मंसिर १४ गते (सनिबार) देखि  प्रतियोगिता सुरु हुने जानकारी  टि.आइ.ए ले एक पत्रकार सम्मेलन मार्फत गराएको छ।

“युवा तथा विद्यार्थिहरुका बिच एकदमै लोकप्रिय बन्दै आएको खेल बास्केटबलको प्रतियोगिताहरु रा‍जधानी काठमाडौंमा मात्र वार्षिक तीन दर्जन भन्दा बढी सञ्चालन हुदैँ आएका छन्। टि.आइ.ए. ले पनी  यस खेलको  विकास र विस्तारमा थप टेवा पुगोस भन्ने उद्देशयले छात्र/ छात्रा तथा शिक्षक समूहको प्रतियोगिता सञचालन गर्दे आएको हो।”, प्रधानाध्यापक उत्तम राज थापाले  बताए ।

उपत्यकाभित्रका चर्चित विद्यालयहरुले भाग लिएको उक्त प्रतियोगितामा छात्र-१६ / छात्रा- १६ समुहले सहभागिता जनाएका छन् र प्रतियोगिताका सबै खेलहरु राष्ट्रिय स्तरका रेफ्रिहरुले सञचालन गर्नेछन्।

अनुमानित तीन लाख बजेट रहेको यस प्रतियोगितामा प्रथम र दिस्रो हुने टिमलाई क्रमशः शिल्ड, मेडल र प्रमाण पत्रको व्यवस्था गरीएको छ। प्रतियोगिताको उद्घाटन एन्फा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्मा छिरिङ शेर्पा बाट   सनिबार बिहान भएको हो।

तपाइँको प्रतिक्रिया ।