अन्तर्राष्ट्रिय भाईलनिस्ट कर्मा तिरुपतिमा स्कुलमा
कपनअनलाइन
बुढानिलकण्ठ, मंसिर १२ । बुढानिलकण्ठ नगरपालिका -१० स्थित तिरुपति ईङ्लिस बोर्डिङ हाई स्कुलमा अन्तर्राष्ट्रिय भाईलनिस्ट कर्माले क्लासिकल भाईलनको एकल प्रस्तुति दिएका छन् ।
ईरानियन समाजसेवी नेडा हफाडी र समाजसेवी खेन रिन्पोछे फुर्बा दोर्जे लामाको विशेष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा भाईलनिस्ट कर्माले विभिन्न क्लासिकल धुन साथै नेपाली धुन समेत बजाएर कलिला बिद्यार्थीहरुलाई मन्त्रमुग्ध बनाएका थिए ।
बिद्यालयका संस्थापक प्रीन्सिपल तेन्जिङ भोटियाको अध्यक्षता आयोजित उक्त कार्यक्रममा अतिथि कलाकारको प्रस्तुति संगै बिद्यार्थीहरुहरुको पनि प्रस्तुति रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।