घटराज मेमोरियल स्कुलद्वारा आयोजित अन्तरविद्यालय कविता लेखन एबं वाचन प्रतियोगिता सम्पन्न

घटराज मेमोरियल स्कुलद्वारा आयोजित अन्तरविद्यालय कविता लेखन एबं वाचन प्रतियोगिता सम्पन्न

कपनअनलाइन

बुढानिलकण्ठ, मंसिर १२ ।बुढानिलकण्ठ नगरपालिका – १२ स्थित घटराज मेमोरियल स्कुलले आयोजना गरेको अन्तरविद्यालय कविता लेखन एबं वाचन प्रतियोगिता  सम्पन्न भएको छ।वरिष्ठ साहित्यकार स्व:प्रा.घटराज भट्टराईको ७८औं जन्मजयन्तीको अवसर पारेर  सो प्रतियोगिता मङसिर १० गते आयोजना  गरिएको हो ।

बाह्र बिद्यालयका छात्रा, छात्रको सहभागिता रहेको उक्त प्रतिमायोगितामा पायोनियर पब्लिककी छात्रा स्मारिका दाहाल  प्रथम,केयुसिटी विद्यालयकी सुमिनाशाक्य दोश्रो,हिमशीला एकेडेमीकी राजस्वी बोगटी तेश्रो हुन् सफल भएका थिए।

 विजयी विद्यार्थीहरुलाई कार्यक्रमका सभापति घटराज मेमोरियल स्कुलका प्रिन्सिपल डा. राजेश भट्टराई, प्रमुखअतिथि घटराज भट्टराई स्मारक कोषका संरक्षक प्रभा भट्टराई,प्रतियोगिताका निर्णायक छन्द विनोद दाहाल  र आयोजक विद्यालयका प्रबन्धक रिना ढकालद्वारा सयुक्त रुपमा प्रमाणपत्र,  पदक र कप प्रदान गरी पुरस्कृत गरिएको थियो ।

 प्रकाश खरेलले सञ्चालन गरेका सो कार्यक्रममा वरिष्ठ साहित्यकार प्रयागराज वाशिष्ठ, महालेखाका पूर्व महानिर्देशक थानेश्वर ढकाल,प्रतियोगिताका निर्णायक छन्द विनोद, विभिन्न विद्यालयका प्रतिनिधिहरु मनोज कुमार शाह, रामकुमार बोगटी, अम्बिकाओली, महेश पौडेल, गणेश धिताल, नारायण पोखरेल, ऋषीनाथ अधिकारी, साधनादाहाल, चिरञ्जिवी निरौला,कमल निरौला, गणेशकुमार मिश्र लगायतकाअतिथिको रुपमा रहेका थिए ।

सो अवसरमा अन्तर्राष्ट्रिय हाजिरी जवाफ प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्न सफल सो विद्यालयका छात्र विनम पोखरेल र छात्रा कृति पोखरेललाई विशेष सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. राजेशराज भट्टराई, प्रयागराज भट्टराई र छन्द विनोद दाहालले घटराज भट्टराईको व्यक्तित्व र कृतित्व माथि प्रकाश पारेका थिए ।

वरिष्ठ साहित्यकार घटराज भट्टराईको १९९९ मङ्सिर १० गते ओखलढुङ्गा सेर्नामा जन्मभएको थियो भने २०६३ साउन २२ गते कपनमा निधन भएको थियो वहाँका चार दर्जन कृतिहरु प्रकाशित भएका छन् ।

तपाइँको प्रतिक्रिया ।