राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्रकारबाट नेपाल ब्याडमिन्टन संघ सम्मानित

राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्रकारबाट नेपाल ब्याडमिन्टन संघ सम्मानित

कपनअनलाइन

काठमाडौं, मंसिर १२ । युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रत्येक बर्ष प्रदान गर्दै आईरहेको राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्रकारबाट नेपाल ब्याडमिन्टन संघ सम्मानित भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा बुधबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्माले यस बर्ष संघतर्फको पुरस्कार ब्याडमिन्टन संघलाई प्रदान गरे । नगद १ लाख सहित प्रशंसा पत्र संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले ग्रहण गरे ।
राष्ट्रिय प्रतिभा सम्मान पुरस्कार प्राप्त गर्ने खेलाडीहरुमा करण केसी (क्रिकेट), रजनी श्रेष्ठ (शारीरिक सुगठन), सावित्रा भण्डारी (फुटबल), भुवन सार्की (तेक्वान्दो), हिमाल अर्याल (पारा क्रिकेट), अनु अधिकारी(करात) ( विक बहादुर थामी (कराते) रहेका छन् ।
यस्तै प्रशिक्षक तर्फ जगदिश भट्ट (भलिबल), निर्णायक तर्फ सुदिश पाण्डे (फुटबल), ब्यवस्थापक तर्फको पुरस्कार शैलेन्द्र राउत (प्याराग्लाईडिङ्ग) रहेका छन् ।
प्रत्येक पुरस्कृतले नगद १ लाख सहित प्रशंसा पत्र प्राप्त गरे । खेलाडी तर्फ अनु अधिकारी र विक बहादुर थामीले ५०-५० हजार प्राप्त गरे । पुरस्कार छनोट समितिले दिईएको अंकका आधारमा दुवैले समान अंक प्राप्त गरेकाले दुवैलाई ५०-५० हजार प्रदान गरिएको समितिका सदस्यले जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।