प्रथम गोकर्णेश्वर अन्तर बिध्यालय स्तरीय उप मेयर कप फुटसल तथा बास्केटबल प्रतियोगिता २०७६ हुने

 प्रथम गोकर्णेश्वर अन्तर बिध्यालय स्तरीय उप मेयर कप फुटसल तथा बास्केटबल प्रतियोगिता २०७६ हुने

कपन अनलाइन

काठमाडौँ,मंगसिर ११। गोकर्णेश्वर नगरपालिकामा जोरपाटी फुटसल खेलकुद समितिको आयोजनामा  प्रथम  गोकर्णेश्वर अन्तर बिध्यालय स्तरीय  उप मेयर कप फुटसल तथा बास्केटबल प्रतियोगिता २०७६ हुने भएको छ।

मंगसिर १३ गते बाट सुरु हुने उक्त प्रतियोगितामा महिला र पुरुष फुटसल तथा पुरुष तर्फ बास्केटबल प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रमका अध्यक्ष अजय ढकालले जानकारी दिए साथै उनले सो प्रतियोगितामा हाल सम्म १९ वटा बिध्यालयले सहभागिताको लागि दर्ता गरिसकेको जानकारी गराउदै अन्य सहभागि हुन चहाने बिद्यालयले मंगसिर १२ गते सम्ममा टिम दर्ता गराउन सक्ने पनि जानकारी गराए  ।

बिध्यालयमा रहेका बिद्यार्थीहरुको प्रतिभा र खेलप्रतिको रुचिलाई मध्यनजर गर्दै जोरपाटी फुटसल खेलकुद समितिमार्फत प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक राजेन्द्र खनालले  बताए । उनले यस्ता खालका प्रतियोगिताले नै प्रतिभावान खेलाडी जन्मने बताउदै उक्त  कार्यक्रममा सहभागी हुनको लागि अनुरोध गरेका छन  ।  थप जानकारीको लागि कार्यक्रम संयोजक राजेन्द्र खनाल ९८०३१५२१२७, ९८६१६७९३२३  त्यसै गरि अध्यक्ष अजय ढकाल ९८६०२३१४०२ मा सम्पर्क गर्न सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।